Home   Contacts   About Us  
               
               
               
 
 

From Pokhara
2:00 PM 
Daily Updated 

ARTICLES

+ more

गिटि र वालुवामा जिन्दगी खोज्नेहरु .....................
Category: Articles - Fuse Your Views

Post By: Sorlag | Date: 03 Jan 2010

Coments: 10

गिटि र वालुवामा जिन्दगी खोज्नेहरु .....................


हरेक मानिसको आफ्नै सपना हुन्छ, आफ्नै इच्छा हुन्छ, चाहना हुन्छ अनि आकांक्ष हुन्छ तर सबैको कहाँ पुरा हुन्छ र ! एउटा सानो घर होस्, सानो अनि सुखी परिवार होस् । दुःखै दुःखको जिन्दगी जिउनको लागि कस्लाई पो मन लागेको हुन्छ र ! तर चाहेको र सोंचेको जस्तो कहाँ हुँदो रहेछ र ! नेपाल ८४ प्रतिशत कृषिमा आधारित रहेको देश हो । विहान वेलुकी काम गरेर मात्र यहाँको मानिसहरुको गुजारा चलिरहेको छ। पोखरा जतिनै सभ्य अनि पर्यटकिय शहरको रुपमा प्रख्यात भएता पनि यो शहर भित्र विभिन्न मानिसहरुको बसोबास रहेको छ उनीहरुको जिन्दगी वालुवा गिटि ओसार पोसार गरेरै वितेका छन् । पोखराको सुन्दरतालाई देखेर लाज मानी मानी लुकेर बगि रहेको सेती खोला पोखरामा आउने पर्यटकहरुको निम्ति आकार्षणको केन्द्र बिन्दु हुन पुगेको छ। तर त्यहि सेतीमा दिन भर मजदुर गरेर जिविको पार्जन गरि रहेको मजदुरहरुको कथा भने कसैले वुझ्न सकेका छैनन् । यतिवेला सेती खोलाको तिरमा वालुवा बोकेर जिविको पार्जन गरि रहेको मजदुरहरुको संख्या लगभग ९ सयको हाराहारीमा रहेको छ । काखको दुधे वालकलाई खोलाको वगरमा राखेर काम गर्नेहरुको संख्या पनि यहाँ निक्कै रहेको छ ।

बाबु बाजेको पालादेखि वालुवा बोक्नेहरुको संख्यामा पनि यहाँ कुनै कमी छैन । लुकेर बगेको सेती रामघाटमा आए पछि वाहिर निस्केको छ । त्यहि रामघाटमा वारीपारी वालुवा बोक्नेहरुको यति वेला निक्कै घुइचो लागेको छ । बर्षा मौसम सकिय लगतै खोलामा वालुवा भरिए पछि त्यहाँ वालुवा वोक्नेहरु अत्यन्त सक्रिय हुने गर्दछन् । यस्तो जाडो मौसममा पनि विहानको ४ बजेनै सेती खोलाका वगरमा पुगेर वालुवा खोतलेर जालिमा छान्दै जिन्दगी वितिरहेको उनीहरुलाईनै पत्तै छैन । विहान वगरमा गएर वालुवा खोतलेर चाल्नु अनि दिउँसोको खाना खाएर केहि समयको थकान मेर्टाई पछि फेरी खोलाको वगरमा वालुवासँग खेल्नु अनि वेलुकीको ६ बजे घर फर्कनु त्यहाँ काम गर्नेहरुको दैनिक जिवन यापन बनेको छ । १० बर्षीय वालकदेखि लिएर ७५ वर्षसम्मको बृद्धाहरु त्यस ठाउँमा काम गरिरहेको स्पष्ट रुपमा देखिन्छ । पोखराको रामघाटमा बस्ने ५९ बषिर्य मनकला भुजेलले सेतीको वगरमा वालुवा निकाल्न थालेको २३ बर्षभैसकेको छ । छोराछोरीको लालनपालन आफुलेनै गर्नु परेकोले पनि अहिले मनकलालाई निक्कै गार्‍हो भएको बताउनु हुन्छ । भन्नु हुन्छ, " ठुलो छोरी विदेश गएको छ, त्यसपछिको छोरो हो उसले पनि पढ्न मानेन अहिले टेक्टरमा हिंडेको छ । सानो छोरा म र सानो छोरी यहिं काम गरि रहेका छौं ।" दिनमा आफुले जति टिप बनाउन सक्यो त्यतिनै पैसा आउँछ । सरदर दिनमा दुइ टिप सम्म वालुवा निकालेको छु । त्यो पैसा वालुवा बोक्ने र मैले आधा आधा वाँड्छौं । दिनमा त्यहि ६ सय रुपैंया आउँछ । ज्यामि काम गर्नु भन्दा त यो धेरै ठिक छ बाबु हामीलाई त । ६५ बषिर्य हर्कमान सार्की, उसको जिन्दगी पनि सेती खेलाको वगरमा वालुवा निकालेरै वितेको वताउँछन् । लगभग ३१ बर्षभयो होला बाबु । अहिले मेरो परिवार सबैजना यहि काम गरि रहेका छौं । पहिला पहिला त कति बोकियो कति तर अहिले त नसकिने रहेछ । तर पनि के गर्नु परिवार पाल्न अनि आफ्नो पेट पाल्नको लागि पनि यो काम नगरी हुँदैन । यो काममा परिवारको सबैले साथ दिई रहेको छ । तर पनि परिवार पाल्न निक्कै धौ धौ परिरहेको छ । महिना भरी कमायो १ दिन विरामी भई दियो भने सबै पैसा एकै दिनमा स्वाहा हुन्छ । जिन्दगी यसरीनै चलिरहेको छ बाबु । गरिबको त कहिल्यौ पनि दिन आउने भएन । मलिलो अनुहार बनाउँदै उसले भन्यो । १२ बर्षो राम नेपाली सकी नसकी वालुवा बोकी रहेको थियो । पढ्ने उमेरमा किन वालुवा बोकेर हिंडेको - के गर्ने दाई बाबाको मृत्यु भएको पाँच बर्षभयो घरमा आमा र सानो वहिनी मात्र छ मैले काम गरेन भने त घरको चुलोमा आगोनै वल्दैन । खोलाको तिरमा रहेको आमा र वहिनीलाई देखाउँदै उ त्यो मेरो आमा र वहिनी हो । आमा वालुवा चाल्दै थियो भने वहिनी त्यहि वालुवा र ढुङगासँग खेलि रहेको थियो । युवावर्गको पनि त्यहाँ निक्कै धेरै उपस्थिति रहेको छ । खोलावाट माथि सम्म वालुवा वोकेर ल्याउने काम उनीहरुलेनै गर्दछन् । विमल तामाङ अहिले २१ बर्षमा हिंडिरहेको छ । त्यहाँ वालुवा वोकेको पनि लगभग ७ बर्षभै सक्यो । जहाँ गए पनि यहि पाखुरा धसेर खाने त हो । मलाई त यहिनै रमाईलो लाग्दछ । विदेश जानेहरुको पनि हालत यस्तै हो रे । के विदेश जानु । विमल जस्ता धेरै युवाहरु अहिले सेतीको तिरमा आफ्नो जिन्दगी खोजिरहेको छ । महिलाहरुको पनि कुनै कमि छैन त्यहाँ । वालुवा निकाल्ने र वालुवा बोक्नेहरुको पारिश्रम दिनको रु. ६०० रहेको छ । त्यो पनि वालुवा निकाल्ने र वोक्ने मिलेर दिनमा दर्ुइ टिप बनायो भने पैसा अधा आधा पाउछन् । हामीले जति वालुवा निकाल्न सक्यो त्यतिनै पैसा पाउने हो । दिनको ज्यालादारी होइन । त्यसै कारणले पनि ज्यालादारी गर्नेहरु भन्दा हामीलाई धेरै राम्रो रहेको छ ।५५ वषिर्य रुप ब. गुरुङ भन्दै थिए । टिपको दिनको रु. १२०० रहेको छ । १७ बर्षेखि वालुवा बोकेरनै गुजारा गरि रहनु भएका फुलमाया नेपाली पनि सेतीको वगरमानै जिन्दगी खोजी रहेको छ । भन्छन् " छोराछोरी ठुलो भै सक्यो उनीहरु यस्तो काम नगर्ने भए । यस्तोकाम गर्नु हुन्न भनेर औधोगिक क्षेत्रको कम्पनीमा काम गर्छन् । छोरी विवाह गरेर गई । श्रीमान् भनाउँदो सँधै रक्सी खाएर झगडा मात्र गरि रहन्छ । अहिले यहाँ काम गर्ने त म मात्रै हो । जेनतेन जिन्दगी चलि रहेको छ बाबु । यस्ता घरपरिवार पाल्नको लागि वालुवा खोतल्नेहरु अनि सेतीको वगरमा जिन्दगी घोट्नेहरुको यहाँ निक्कै धेरै जमात रहेको छ । जिन्दगी हो आखिर जसोतासो चलाउनै पर्ने रहेछ । एकमुठी सासको अनि एक गास खानको लागि संर्घषरत सयौं मजदुरहरु यतिवेला सेतीको वगरमा रहेको वालुवामा जिन्दगी खोजि रहेको छ । बर्षौदेखि चलि आएको यो चलन आउँदो दिनहरुमा पनि चलि रहने देखिन्छ ।

भुपाल गुरुङ पोखरासिटी डट कम

Ramghat




Photo : Ram Gurung/Bhupal Gurung

« Back | Top


Post by: Sayaa @ 05 May 2010 05:00 pm
It was a very interesting article.To see our Nepali brothers and sisters leading such a hard life is very excruciating.
Post by: Hum Ale @ 21 Jan 2010 01:38 am
Thanks Bhupal Ji for putting down this article and happy to read it through.
This story rekindles the thousands years of panicking of people they have lived in this world. An outcry, a fading hope and uncertain future have always embeded them leaving no relic behind n they still try to nestle in their own toil. Who understands? You and I! Why not to start a microenterprise that can reach to them. You're the one who can make them smile. You can start as you have enormous opportunities to put them in an action that will make them relieve out of those sentiment ailments. And, be sure, they'll oneday, sing'bout you. Let's give them a hope where they can live within their own dignity.

Hum Ale
London
Post by: madhu @ 17 Jan 2010 09:34 pm
sad i like this website to well.
ok bye...
Post by: rishi @ 13 Jan 2010 11:28 pm
hi
Post by: p.t.v @ 13 Jan 2010 02:11 am
tongue
thanks
Post by: GBGURUNG @ 10 Jan 2010 05:54 am
GOOD REPORT AND MERIT UN DOCUMENTRY TELEVISION

NICE AND EUTHENTIC PHOTOS

I COPY ALL

THANKS
Post by: GBGURUNG @ 10 Jan 2010 05:51 am
AUTHENTIC NEWS. IMPRESSIVE REPORT AND MERIT UN DOCUMENTRY TELEVISION.

I COPY ALL THE PHOTS IN MY ALBUM

THANKS GOOD JOB BHUPAL JI
Post by: redtiger @ 07 Jan 2010 01:24 am
pokharako ramghat seti nadiko bagar ani tyaha ramne garib byktitwaharuko barema kehi kura mention garnu vayakoma ma jyadai khushi 6u. kinaki kunai dnharu ma pani tesari nai tyaha bitayaka thiya. struggle sangai ma aaja tyha farkina pareko 6aina. bt tyhahko katha byatha ajhai aalai 6n..........................
thanks.
hal --
dubai
Post by: shila @ 06 Jan 2010 06:06 pm
hami samanye janatale ta kehi garna sakdainau tara pani tyo thulo levelma rahera sasan chalaunele ta kehi garna saknu parcha ni ......jun jogi aaye pani kanai chireka.....jasta cha chan hamro desh chalaune... baghko khal odeka syalharu.....
Post by: namuna @ 04 Jan 2010 09:50 pm
nepal ma yastai nai cha jun saasan aay pani garib haru lai kahelai din aaudaina jan badi matra ma gareb lay nai chayapi rahy ko chuncha
Name:
Email:
Smile: smile wink wassat tongue laughing sad angry crying 
Your Review:
Enter the code shown in the image:
| Forget Me

   

Teej 2067

teej 2067;
Teej is an annual festival of Nepali women. The festival is celebrated with utmost dedication and love by the women in Nepal. Preparations for the festival begin well in advance.

+ READ MORE... (2 comments)

Series of Gurkha deaths leaves Gurung household inconsolable

Gurkha Soldier
The residence of 22-year-old British Gurkha soldier Ishwar Gurung, who was killed in an attack by Taliban militants in Afghanistan on Friday, is packed with relatives. 

+ READ MORE... (40 comments)

विश्व आदिवासी दिवस, शान्ति र संविधान निर्माण

 
सन १९९३ जुन महिनाको १४ देखि २५ सम्म अष्ट्रियाको भियनामा सम्पन्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार सम्बन्धी विश्व सम्मेलनले अगष्ट ९ लाई विश्व आदिवासी दिवस,

+ READ MORE... (1 comments)

Gurkha Soldier in trouble for beheading a dead Taliban

Gurkha Soldier
A Gurkha soldier in the British Army has been removed from duty in Afghanistan after he beheaded a dead Taliban commander with his ceremonial kukri knife. Photos Updated

+ READ MORE... (86 comments)

Heart Felt Condolence to Corporal Arjun Purja Pun

Afgan Soldier
SPECIAL FORCES have begun a manhunt for an Afghan soldier who killed members of the Royal Gurkha Rifle inside a patrol base in Helmand province.This article is open for condolences to Corporal Arjun Purja Pun of Pokhara and his fallen mates.

+ READ MORE... (37 comments)

"मेरो छोरा दुर्व्यसनी होइन" भन्दै नढाँट्नुहोस्

 
जब ड्रग्स लिएको देख्छन्, सुन्छन् वा शंखा गर्छन त्यस अवस्थामा पुगुञ्जेल ती छोरा छोरीले झण्डै डेढ वर्षलागु औषध लिई सकेका हुन सक्छन् ।

+ READ MORE... (10 comments)

पोखरामा विश्व सङ्गीत दिवस मनाउने तौरतरिका र परम्परा

 

सुनेर बुझिने विश्वव्यापी साझा भाषा भनेको सङ्गीत हो। सङ्गीत बिनाको जीवन श्वास बिना धड्कन जस्तै हुन्छ।

+ READ MORE... (0 comments)

बेरोजगार, अधिकार, नदीका दुइ धार

 

गास,बास,कपास बाँच्नका लागि अति आवश्यक पर्दछ । यी वस्तु प्राप्तिका लागि अनेक प्रकारका उपायहरु सोच्ने गर्दछन् । चिताए अनुसार परिपूर्ति नभैदिएमा तड्पीतड्पी चित्त बुझाएर वस्ने पनि गर्दछ

+ READ MORE... (1 comments)

हामी कति प्रतिशत बौद्ध -विश्व शाक्य

 

जो व्यक्तिले आँनो पारमिता पूरा गरेर आफूभित्रका समस्त विकारहरूलाई समूल नष्ट गरेको हुन्छ त्यस्तो व्यक्ति बुद्ध’ कहलाइछ त्यस्ता व्यक्ति लोककल्याणी हुन्छन्

+ READ MORE... (3 comments)

नेपालको राजनैतिक संक्रमण र उच्चशिक्षामा यसको असर

 

नेपालको शिक्षा क्षेत्रले निकै पहिलाबाट नै राजनैतिक संक्रमण र त्यसबाट सृजना भएको परिस्थितिलाई सामना गर्दै आउनुपरेको छ ।

+ READ MORE... (0 comments)

 

 

Shooting Report

Our Clients, Pokharacity.com

People & Culture

more

Manju Gurung, Pariksha Gurung

Featured Model

more

Preeti Poudel

Upcoming Events

Nepal Festival 2010, Melbourne
Nepal Festival 2010
Kid Prince & Princess 2010, Pokhara
Kid Prince & Princess 2010

Past Events

more

 

Miss Nepal 2010
View Pic

 

Nepali Mela 2010, UK
View Pic

 

Gaeso Get Together 2010
View Pic

 

Sano Babu and Sano Pari 2010
View Pic

 

Photo Exhibition 2067
View Pic