Home   Contacts   About Us  
               
               
               
 
 

From Pokhara
2:00 PM 
Daily Updated 

REFLECTION

+ more

पोखरामा प्रहरीको बढ्दो सकृयता .............के के कुरामा
Category: Reflection

Post By: Sorlag | Date: 05 Jan 2010

Coments: 40

पोखरामा प्रहरीको बढ्दो सकृयता .............के के कुरामा -

पोखरा यति वेला गएको बर्षहरुको तुलनामा निक्कै शान्त बनेको छ । नेपालको प्रमुख पर्यटकिय गन्तव्यको रुपमा रहेको पोखरा शहरमा गुन्डागर्दीको निक्कै चहल पहल रहेको थियो । हरेक कुरामा उनीहरुसँग सहकार्य नगरीकन कुनै पनि कार्य गर्न त्यति सजिलो थिएन । पोखरेलीहरु दिन दहाडै व्यस्त सडकमा हुने ग्याङ फाईटले निक्कै त्रसित रहेको थियो । कति वेला कहाँ के हुने हो कसैलाई पत्तो हुने थिएन । सबैलाई आफ्नो ज्यान जोगाउन पनि निक्कै मुस्किल भई सकेको थियो । वाहिरका मानिसहरुले पोखरा एउटा उपनामनै दिएको थियो " गुण्डागर्दीको शहर " । आन्तरिक पर्यटकहरु पोखरा घुम्न आउने कुरा एक पटक घोरिएर सोंच्नै पर्ने वाध्यता रहेको थियो । लागु पदार्थ सेवन गर्ने, हातहतियार लिएर हिंड्ने, ज्यान मार्ने प्रकृति खालको ग्याङ वारहरु यहाँ दिनहुँ जस्तै हुने गर्दथ्यो । सरकारले मान्यता नदिएको यौन व्यवसाय पनि त्यति खेर निक्कै मौलाएको थियो । पोखरा झण्डै झण्डै गुण्डागर्दी अनि यौन व्यवसायको शहरको रुपमा पनि परिचित हुँदै गई रहेको थियो । त्यो उपनाम पाउनवाट पोखरा त्यतिवेला जोगियो जति वेला पोखरामा एस.पि रमेश खरेलको आगमन भयो । पत्रकार सम्मेलन गरेरै पोखरामा भए गरेको गुण्डागर्दी, यौन व्यवसाय, लागु पदार्थलाई नियन्त्रण गर्ने कुरा व्यक्त गर्न नपाउँदै त्यस्तो खालको व्यवसायमा लागेकाहरुको रातको निदनै हरण भई सकेको थियो । टोल टोलमा जम्मा भएर बस्ने युवाहरुको सातो पुत्लो नै गएको छ । होटलको नाममा यौन व्यवसाय सञ्चालन हुने ठाउँहरु सुनसान भई सकेको छ । रातको समयमा रक्सि खाएर हो हल्ला गरेर हिंड्नेहरु चुपचाप घरमा सुत्न बाध्य भएको छ । एक हिसावले पोखरा शहर अब निक्कै शान्त अनि सुन्दर हुन थालि सकेको छ । पोखरेली जनतामा पनि एस.पि खरेलको आगमनले निक्कै हौसला थपिदिएको छ ।


दादागिरी गर्ने हरुको यति वेला पत्ता साफनै भई सकेको छ । यौन व्यवसायहरु भने एका दुइ अझ पनि सञ्चालन भई रहेको तितो सत्य हो । एस.पि खरेलको आगमनले दुइ चार पैसा लिएर काम गर्ने पुलिस प्रसाशनको पनि अहिले निदनै लाग्न छोडेको तितो सत्य कहिं कतै लुक्न सकेको छैन। एस.पि खरेल दुइ हप्ता विदामा घर गएको वेलामा लाखौं कमाउने पुलिस प्रशासन पनि यहाँनै रहेको छ । । हप्तामा लाखौं कमाउनेहरु अहिले कति वेला खरेल विदामा बस्ला र कमाउँला भनेर कुरेर बसि रहेको छ । झारपात लौरो हल्लाउने र एक दुइ फुलि लगाउनेहरुको त कुरै नगारौं । जे होस् जसो भने पनि जसो गरेपनि अहिले यतिवेला पोखरा शान्त बनेको छ ।
समय समयमा परिवर्तन भई रहने प्रहरी प्रशासनको नियम कुनैवेला मोटर वाईकमा हिंडने दुबै जनाले हेलमेट प्रयोग गर्नु पर्ने , कहिले दुबै जनाले हेलमेट प्रयोग गर्न नपाईने नियम चालकहरुमा लगाएकै हो । जसले बाध्य भएर हेलमेट किन्नु परेको फेरि पछि त्यो हेलमेट प्रयोगमानै नआएको अवस्था पनि रहेको थियो । त्यो वेलाको जस्तै यति वेला कुनै पनि सवारी साधनमा डिजिटल नं. प्लेट प्रयोग गर्न नपाईने केन्द्रको आदेस सहित अहिले डिजिटल नं. प्लेट राखेको भरमा जरिवाना स्वरुप धमाधम पैसा उठाउन थालेको छ । कसैलाई पनि वार्निङ नदिईकन पैसा उठाउन थाले पछि चालकहरुमा निक्कै मारमा परेको छ । ग.२.प ७५९६ का बसन्त गुरुङ, ग.४.प ५६६७ का हरी सुवेदी, ग.५.प ११९ का रामकृष्ण श्रेष्ठ, ग.४.प ३२४४ का मिन गुरुङ आफुहरुलाई वार्निङनै नदिई जरिवाना गरेकोमा दुखेसो पोख्नु हुन्छ । नेपाल भर डिजिटल नं. प्लेट प्रयोग गर्न नपाईने भन्दै प्रत्येक चेकिङमा वार्निङ विनानै विल काटी दिने गरेको छ । पोखरामा मात्र नभएर नेपालमा गुड्ने हरेक सवारी साधनमा डिजिटल नं. प्लेट राख्ने चलन यतिवेला निक्कै बढेको छ । यद्यपि उनीहरुले दिने गरेको रिसिभमा भने डिजिटल नं. प्लेट राख्न नपाईने कतै पनि उल्लेख रहेको छैन । प्रहरी प्रमुख कार्यलयवाट दिएको आदेस हो या ट्राफिक प्रहरीको कमाउने नयाँ धन्दा हो यो भने कि नेपाल सरकारलाई थाहा होला नभए विल काट्नेहरुलाई नै थाहा होला तर जसो गरे पनि जे गरे पनि मारमा आखिर नेपाली जनतानै परेको छ । पोखरामा चल्ने विषेश गरेर मोटर वाईकहरु, प्राइभेट कार र छिटफुटमा ट्याक्सीहरु डिजिटल नं. प्लेटको मारमा परेको छ ।

 १५ दिन अगाडि वाट लागु गर्न खोजिएको यस अभियानमा कति को सफल भएको छ त - पोखरा ट्राफिक प्रहरी कार्यलयका अर्सइ भवि लामिछाने भन्नु हुन्छ," सफल असफल भन्दा पनि यो हाम्रो केन्द्रवाटनै आदेश आएको हुनाले यसलाई कार्यन्वयन गर्नतिर हामी लागि परेका छौं । डिजिटल नं.प्लेट राख्नाले रातिको समयमा टल्कने यस्ले गर्दा बढि मात्रमा दुर्घटनाहरु भएको पाईयो । त्यसै कारणले यो नं. प्लेट हटाउनु परेको हो । चालकहरुलाई थाहानै नदिई जरिवाना गर्नु भएको छ नि ! पहिलो पटकलाई त छुट दिनु पर्ने हैन र - हो हामीले त्यसै गरि रहेका छौं । जबरजस्ती कसैलाई पनि जरिवाना गरेका छौनौं । हामीले चालकहरुलाई नं.प्लेट परिवर्तन गर्ने र्सतमा धेरैलाई छाडेका छौं । तर कसै कसैलाई भने अन द स्पट जरिवाना पनि गरेका छौं । अहिले सम्म १५ सयको हाराहारीमा नं. प्लेट परिवर्तन भई सकेको छ । अर्सइ भवि लामिछाने यसो भनि रहँदा बजारमा डिजिटल नं.प्लेटमा अझपनि हजारौंको संख्यामा गाडिहरु गुडि रहेको छ । अब छिट्टै सम्पूर्ण सवारी साधनमा साधरण खालको नं. प्लेट नै हुनेछ । तर तपाईहरुले दिने चिटमा त डिजिटल नं.प्लेट सम्बन्धि कुनै खालको कसुरको वारेमा जानकारीनै छैन नी - हो त्यसमा उपलब्ध नहुन सक्छ तर तपाईसँग भएको विल बुकमा हर्ेर्नुस् निर्देशन अनुसुचि नं. ३ मा नं प्लेट सम्बन्धी जानकारी रहेको छ ।

भुपाल गुरुङ् - पोखरासिटि डट कम
 

« Back | Top


Post by: arjun thapa @ 21 Jul 2010 10:38 pm
मलही सारही खुशी लाग्यो तपाहिको काम देखेर खरेल जि यसरिनही नेपाली पुलिस हरुले तपही को जस्ताही काम गरी दिने हो भने नेपाल कती राम्रो हुन्त्यो होला
Post by: Gurung @ 16 Jul 2010 02:41 am
नेपालको पुलिस वा ट्रफिक पुलिसको केहि काम छैन ! पैसा मात्र कमाउने जागिर हो त्यो ! बिल बुक वा लाईसेन्स छैन भने १ किलो कुखुराको मासु दिएमा छोडीदिन्छ ! यो घटना बिशेस गरि नदीपुरमा हुन्छ !
Post by: dil @ 16 Jun 2010 03:34 pm
kharel ji tapai le gareko kam sarai ramro lageo .hamro bhrast desha ma tapai jasto imander manchi pani rahechha tha pauda sarai khusi lageko chha ...tara tapai ko manchi haru le kei na gareko manchi haru lai pani dukha dine gareko chhan ni aphradi ko nau ma teo jodi lai dukha dina ta bhyena ni jasari tapai le ramro kam garne lai pruskrit garnu huncha tesari nai naramro kam garne tapai ko mathat ma kam garne manchi lai pani sakhat nirdishen dina pareo ni asal buda budi ra basyabriti gane bahek ko jodi lai dukha dinu hunna bhnera
Post by: db @ 27 May 2010 09:46 pm
good job kharel
ketaharulai taha lagaunu parcha
tara 21 cetury ko kharel katai maind ma teckno ta pareko chaina?
Post by: dammar gurung @ 27 May 2010 09:40 pm
good job kharel
ketaharulai taha lagaunu parcha
Post by: dammar gurung @ 27 May 2010 09:38 pm
good job kharel
ketaharulai taha lagaunu parcha
Post by: rama @ 27 May 2010 07:36 am
smileam so happy about this news?thanks mr kharel
Post by: yam gurung @ 25 May 2010 02:54 pm
thanks kharel ji.........sachcha rastra sewak hunubhayeko ma....khusi lagyo....
Post by: Ram Gurung @ 05 May 2010 11:03 am
Trafic police ko matrai galti dekhaune hoina galti hami nepali janta haru ko pani chha jaba trafic police le afnu duty nibhaudai checking garchha maile dekheko kati chalak haru ta licence nahuda pani akhadera bolchha jani jani galti garchha ani gaalti swikar gardaina afu le galti gare pachhi teslai sabai le mannu parchha galti chhaina spasta ko sath bhannu parchha bhanna le hami nepali pani euta sabhya nagrig banyo bhane police lai pani sajilo hunchha smile smile smile smile
Post by: nirose @ 05 May 2010 03:20 am
it is good to hear such kind of news from pokhara be coz lots of ..........................................
Post by: himal gurung @ 29 Apr 2010 10:14 pm
good
Post by: himal gurung @ 29 Apr 2010 10:15 pm
good
Post by: subas @ 19 Apr 2010 09:00 pm
very v v good
Post by: tez @ 18 Apr 2010 09:39 am
It is very good news for all pokherelis. I hope all pokhereli understand value of peace and support sp kharel.
Post by: ankush @ 24 Jan 2010 02:10 am
salam cha hajur lai,tara hya ko police lai chai duty hour ma license ra bill book chek garda sabai detally hernu paryo,cheking ma paryo bhane (license cha ki chaina bhanda cha bhane pachi janus hajur thats it
Post by: babita pun @ 24 Jan 2010 12:37 am
la tapai lai dherai dherai pragati garnu bhayecha kharela ji.

ajhai tapai le lagu padartha sebana garne haru lai ajhai kada bhanda kada niyema lagu garnuparcha .
Post by: bidhan chhetri @ 23 Jan 2010 06:39 pm
Nepal ko police ko k kura garnu!!!what is our responsibilty,(vanera sodhyo vane thaha chaina vancha)Ma ta vanchu police ta kahi pani kaam garna nasake ra thagi khane basne thau yehi ho vanera police join huncha!!!6 month training garyo tes pachi ta relax cha ni nepali police lai!!!Any way i hate police behave in nepal!!! smile
Post by: Gurung @ 23 Jan 2010 10:33 am
Good @ Khushi lagyo Salam Rames Kherel ji
Post by: rajendra tamang @ 23 Jan 2010 04:57 am
angry angry yesto trafic police lai ta janata lay nai kalo moso dalnu parcha ani matra thik thauma aucha janata lai dukha didaina ,
Post by: no name @ 22 Jan 2010 11:38 pm
he is doiNg re@lly gd..job.. tara ...afai mathi .. pareKo bhaye.....risuththyo hola... haha tongue..
anyways....kept it up.....bt don't make too strict Dat w3 fiNd hard 2 breathe.....
Thanksss*****
Post by: chitra mohan subedi @ 22 Jan 2010 09:50 am
that is very good .............
Post by: chandra @ 22 Jan 2010 12:01 am
smilewhen i read this clips ...iam really happy ..jus keep it up ....
Post by: mukti @ 21 Jan 2010 04:37 pm
best of luck sp kheral
keep it up and god bless u
never take a leave ok.......
bye
Post by: aashu gurung @ 21 Jan 2010 08:08 am
when i read this news,really Iam very happy with sp kharel, keep it continuse not only pokhara city ,this Rulls you sould be use mean of the city in nepal
Post by: bidhan @ 19 Jan 2010 03:04 am
Nepal ko police ko k kura garnu!!!what is our responsibilty,(vanera sodhyo vane thaha chaina vancha)Ma ta vanchu police ta kahi pani kaam garna nasake ra thagi khane basne thau yehi ho vanera police join huncha!!!6 month training garyo tes pachi ta relax cha ni nepali police lai!!!Any way i hate police behave in nepal!!!
Post by: ganesh sunar @ 18 Jan 2010 10:02 pm
smile very good good job sp sir keep it up.
Post by: dilen @ 18 Jan 2010 03:18 pm
Good job mr Kharel , keep it up..god bless u.
Post by: Delta @ 14 Jan 2010 04:54 pm
S P Kharel is high-quality gentleman I wish him all the best and keep it up but all the old Traffic Police like Bhabi Lamichhne and Shiva must be terminate from Pokhara city, they are the biggest corrupt . SP Kharel must do this first then he will obtain his goal.

Thanks
Post by: sanjay @ 14 Jan 2010 03:43 pm
pokhara ma sadai yestai hunu parcha ahile ko aam janta ko maag nai yehi ho tes karan s.p. kharel jasto manche haru aru pani khacho cha thanks s.p kharel yestai ramro kaam gardai janu best of luck
Post by: L. Tamu @ 14 Jan 2010 08:22 am
Well done SP if u maintend this pokhara will be peace and nice place.

« Previous Page - 1 2 - Next Page »

Name:
Email:
Smile: smile wink wassat tongue laughing sad angry crying 
Your Review:
Enter the code shown in the image:
| Forget Me

   

+ नीतिगत बहसभन्दा उम्मेदवारी घोषणाको चटारो (29 Aug 2010)

+ CIAA seeks ‘midnight’ deal details (18 Aug 2010)

+ भ्यागुताको धार्नी कि संसदमा र्‍याई र्‍याई (09 Aug 2010)

+ नेताहरुले बुद्धि पुर्‍याउन् (27 Jul 2010)

+ Enoch Tamang (19 Jul 2010)

+ विश्वकप फुटबलः लोडसेडिङ र नेपाल (16 Jul 2010)

+ ASAR 15, A big day for the farmers -by Tek Gurung (03 Jul 2010)

+ Sikles Eco-trekking Route Nepal (21 Jun 2010)

+ प्रहरीको कार्यशैलीप्रति पर्यटन व्यवसायी आक्रोसित (08 Jun 2010)

+ विश्वको बिग्रदो वातावरणले प्राणीको अस्तित्व संकटमा (06 Jun 2010)

 
 

Shooting Report

Our Clients, Pokharacity.com

People & Culture

more

Manju Gurung, Pariksha Gurung

Featured Model

more

Preeti Poudel

Upcoming Events

Nepal Festival 2010, Melbourne
Nepal Festival 2010
Kid Prince & Princess 2010, Pokhara
Kid Prince & Princess 2010

Past Events

more

 

Miss Nepal 2010
View Pic

 

Nepali Mela 2010, UK
View Pic

 

Gaeso Get Together 2010
View Pic

 

Sano Babu and Sano Pari 2010
View Pic

 

Photo Exhibition 2067
View Pic