|
कला र संस्कृतिको धरोहर एउटा गुरुङबस्ती-याङजाकोट 
कास्की जिल्लाको थुमाको डाँडा गा.वि.स अन्तर्गत पर्ने गुरुङजातिहरुको घनाबस्ती रहेको याङजाकोटमा यति वेला बिजुलीले झलमल भएको छ । वडा नं. १,२,३, र ५ मा गरेर लगभग १४०० उपभोक्ताहरुले केन्द्रीय लाईन वाटनै बिजुली बाल्न पाईरहेका छन् । २०६३ सालमा सुरु गरेको बिजुली ३ बर्षपछि पुरा भएको छ । सामुदायिक उपभोक्त समितिका अध्यक्ष देवीजंग गुरुङ भन्नु हुन्छ," गाउँमा धेरै प्रकारको मानिसहरुको बासोबास रहेको छ । सबैले पैसा तिर्न सक्ने अवस्था छैन । गरिब तथा अति निम्न वर्गका मानिसहरुलाई समुदायले निशुल्क बिजुली वितरण गर्ने तयारी पनि गरि रहेको छ ।" ९१ लाख ५० हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त बिजुली लाइन वितरणको लागि समुदायवाट २१ लाख ५५ हजार प्रदान गरेको थियो । गा.वि.स, एक्याप, र बिदेशमा रहनु हुने दाजुभाईहरुको सहयोग उक्त आयोजना पुरा भएको समितिका सचिव नारायण गुरुङ बताउनु हुन्छ । गाउँकै युवाहरुले गाउँमानै रोजगार मिलोस् भन्ने उद्देश्यले गाउँको आठ जना युवाहरुलाई वायरिङ सम्बन्धि तिन महिने तालिम दिएको कुरा बवि निमार्ण सेवाका ठेकेदार बद्रि प्रसाद आचार्यले जानकारी दिनु भयो । बत्ति बलेको गाउँ मध्ये वडा नं. ५ पोखरा खेत र स्याङगेमा रानाभाटहरुको निक्कै वाहुल्यता रहेको छ । अन्य वडा १,२,३ मा भने गुरुङजातिहरुको बाहुल्यता रहेको छ । 
पोखराको काउँखोलावाट कसेरी, ठुलोस्वाँरा हुँदै डेढ घण्टाको जिप यात्रा पछि भैंसे पुग्न सकिन्छ । भैंसेवाट झोलुङे पुलवाट मादि नदि पार गर्दै दुर्इ घण्टाको हिंडाई पछि याङजाकोट पुगिन्छ । उक्त गाउँमा २४० घरधुरी गुरुङहरुको बसोबास रहेका छन् । अत्यन्त पुरानो गुरुङ बस्ती मानिने याङजाकोटमा अहिले पनि गुरुङजातिहरुको कला संस्कार संस्कृति जिबित रहेको छ । सेर्गा, पुटपुटे, छेवर अझ पनि प्रचलित रहेको छ । तर रोधी, घाँटु, कृष्ण चरित्र भने झण्डै लोप भई सकेको छ । स्वास्थ्य चौकी, एक्यापको इलाका कार्यलय, अतिरिक्त हुलाक कार्यलय, स्वास्थ्य क्लिनिक, दिवा शिशु स्यहार केन्द्र, नास बिकाश समिति, बाचनालय, मिलिजुली सहकारी संस्था, मादी गंगा सहकारी संस्था, डाँडा गाउँ आमा समुह, गैहृी गाउँ आमा समुह, देउराली आमा समुह, छापा आमा समुह तथा युवा क्लवहरु रहेको उक्त गाउँमा बिकाश निमार्णका वाटोहरु प्रसस्त मात्रमा भए पनि त्यहाँको जनतामा आधुनिकताले त्यति छोएको पाईदैन । अत्यन्त सरल, सोझो तर बिलासिताको जिवन जिउन चाहने उनीहरुको स्वभावले गर्दा गाउँ विकाशमा निक्कै नराम्रो प्रभाव परेको हो की भन्ने भान हुन्छ । अन्य गुरुङ गाउँहरु जस्तै युवा वर्ग विदेश पलायन हुने अनि युवतीहरुमा शिक्षामा त्यति रुचि नभएकोले पनि यहाँको गुरुङहरु पिछडिएको प्रमुख कारण हो कि भन्दा कक्ति फरक पर्दैन । पूर्वमा भाचोक, वारचोक, लम्तरी डाँडा स्पष्ट देखिन्छ भने पश्चिममा तप्राङ, छाचोक, थाक, खिलाङ, आँटीघर मौजा, जस्ता गाउँहरु देखिन्छ उत्तरमा अन्नपूर्ण, माछापुच्छ्रे, जस्ता हिमश्रृङखलाहरु पनि स्पष्ट रुपमा देखिन्छ । पर्यटनको हिसावले याङजाकोट निक्कै राम्रो अनि उपयुक्त मानिदै आएको छ । पहिलेका दिनहरुमा उक्त गाउँमा पर्यटनहरुको निक्कै आगमन हुने गरेको कुरा शिक्षिका हेमा गुरुङ बताउनु हुन्छ । यति वेला पर्यटकको पर्खाइमा रहेको याङजाकोट पाहुनाहरुको स्वागतको निम्ति निक्कै आतुर रहेका छन् ।  आन्तरिक तथा वाहय पर्यटकहरुको लागि नयाँ पदमार्गको पनि निक्कै सम्भावना रहेको छ । बैशाख पूणिर्माको अवसरमा यहाँ निक्कै ठुलो मेला लाग्ने गर्दछ । उक्त अवसर पारेर गाउँमा त्यहाँ भएको कला संस्कृतिको प्रदशनी अनि स्थानिय स्तरमानै उत्पादन भए गरेका बस्तुहरुको प्रदर्शनी समेत गरिने कुरा कमला गुरुङ बताउनु हुन्छ । विकृति विसंगती हरेक ठाउँमा हरेक गाउँमा, शहरमा हुने गर्दछ । त्यस्ता कुराहरुलाई निर्मुल पार्नको लागि त जहाँ भएको हो त्यही ठाउँको मानिसहरुनै अगाडि बढेन भने त कसरी सम्भव हुन्छ र ! कमला गुरुङको भनाई थियो । त्यसैले हाम्रो गाउँमा पनि केहि विकृतिहरु रहेको छ त्यसलाई निर्मुल पार्नको लागि हामी युवा वर्गहरु लागि परेका छौं हेरौं कहिले सम्म सम्भव हुन्छ । प्रा. जगमान गुरुङ, चिकित्सक लालकुमारी गुरुङ त्यहि गाउँमा जन्मेर हुर्केका हुन्। उक्त गा.वि.समा २ वटा माध्यमिक बिद्यालय र ७ वटा प्राथमिक विद्यालयहरु रहेको छ । जहाँ गुरुङजाति वाहेक रानाभाट, दलितजातिहरुको पनि बसोबास रहेको छ । यतिवेला याङजाकोटमा पातलिंदै गएको गुरुङबस्ती अनि बसाई सराईतिर झरेका गुरुङहरु र आधुनिकतासँगै मौलिकतालाई भुल्दै गएको गुरुङ युवा वर्गहरुका कारणले यति वेला याङजाकोट अलि पछाडि परेको हो की ? यो प्रश्नको बिषय बनेको छ। Click here for more picture
Bhupal Gurung / Pokharacity.com |