शरद र दसै
पहेलपुर फाॅट
भट्टमास लहरिएका टारीका आली
खुलेको आकाश
गड्गडहाट मत्थर नदी
मन्द पवन लाग्छ शरद ,ऋतु मात्र नभएर
खुसी बटुल्ने याम पनि हो
सृजना थन्क्याउने भकारी पनि हो।
समयको बेग समात्न
पखेटा हालेका बचेराको ह्दय
एकपटक द्रवित बनाइदिन्छ
रित्तो गुॅढ ढुकिरहेका
कुप्रा ढाडहरूको याद ले
भुर्र उडी गुॅढसम्म आइपुग्ने
अनुकूलता मिल्ला नमिल्ला
तर
गाउॅबेसी डाॅडापाखा
अनि आफन्तबिचको स्नेहको गाॅठो
अझ कस्ने परिवेश जन्माउॅछ दसै
भुलेर बर्खाको कर्रो
मेलो पखालेर हिलोमैलो
गाउॅघर केही फुर्सदिलो भएपछि
रातोमाटो,कमेरो र सालको खोटोभरि
रङ्गीन बन्छ दशै।
यसपाली पनि
शरद दसै बनेर
दसै शरद बनेर
झुल्करिहेछ हाम्रै ऑगनमा
पीडाको पोयो फुकाउनलाई त
सारा जीवन बाॅकी छ
दु:खको पहाड बोक्नलाई त
आगामी समय काफि छ
यो समयमा
अलिकति मालसिरी गाऔ
बच्चाहरूजस्तै रमाऔ
आऊ घरैभित्रै
प्रतिकूलतामा अनुकूलता खोतल्दै
यो शरदमा
पनि दसै मनाऔ