पोखरा
पोखराको फेवाताल किनारमा आइतबार विश्व पर्यटन दिवस मनाइएको छ । पोखराको ड्यामसाइडबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, गण्डकी प्रदेशका सांसद राजिव पहारी, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, पर्यटन सचिव पर्यटन व्यवसायीहरु डुंगामा चढेर ताल किनारको मेवा खोलामा पुगेर एक सय बढिको सहभागीतामा विश्व पर्यटन दिवस मनाइएको हो ।
टे«किङ् एजेन्सि एसोसिसन अफ नेपाल (टान) पश्चिमाञ्चल पोखराको आयोजनामा भएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विपत्तिसँँग लड्ने हिम्मत बडाउँन अनुरोध गरे । प्रदेश सरकार पर्यटन व्यवसायीको साथमा छ ।
फेवातालको सिमांङ्कन अहिले सम्म नभएकोले यसकोलागि प्रधानमन्त्रीलाई नै भेटेर पोखरा महानगरपालिकाले तयार पारेको फेवातालको प्रतिवेदन प्रदान गरेका र प्रधानमन्त्री सकरात्मक हुनु भएको उनले सुनाए । संघ सरकारले एक वर्ष भित्र तालको सिमाङ्कन गर्ने र त्यसपछि ताल संरक्षणका थप कार्यक्रम प्रदेश सरकार र पोखरा महानगरपालिकाले अघि बढाउने उनले बताए । गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले कोभिड प्रभावलाई विर्शेर पर्यटन उद्योगलाई चलायमान बनाउने उद्देश्यले विश्व पर्यटन दिवसको अवसरमा भएको कार्यक्रमको प्रशंसा गरे । नयाँ पर्यटकीय गन्तव्यको रुपमा फेवाताल किनारको रत्नमन्दिर, हिमा गृह अर्को वर्ष देखि खोल्ने गरि अघि बढ्न सके पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको बसाई लम्बिने गण्डकी प्रदेशका सांसद राजिव पहारीले बताए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्राकृतिक स्रोतका संरक्षण गर्दै पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिए । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले कोभिडले सबैभन्दा धेरै मार पर्यटन उद्योग परेको बताए ।
आयोजक टे«किङ् एजेन्सिज एसोसिसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले पोखरामा पर्यटकको बसाई लम्ब्याउन फेवातालको ड्यामसाइड हुँदै ताल किनारै किनार करिव १५ किलोमिटर क्षेत्रमा फेवा अवलोकन मार्ग बनाउन अनुरोध गरे । पर्यटकको बसाई लम्ब्याउने गरि नयाँ नयाँ पर्यटकीय गन्तब्य बनाउनु पर्नेमा उनले जोड दिए ।