पोखरा
कास्की जिल्लामा अवैध रूपमा वन्यजन्तुको छाला घरमा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७८।१०।०५ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२२ पुम्दि भुम्दी बस्ने वर्ष २८ को खो बहादुर थापाको घरबाट अवैध वन्यजन्तु चितुवाको जस्तो देखिने छाला ७ फिट लम्बाइ, २ फिट ६ ईन्च चौडाई भएको पुच्छर सहितको टाटेपाटे आकारको खैरो रङको छाला १ थान, वन्यजन्तु चितुवाको जस्तो देखिने २ वटा दाह्रा सहितको दाँतको भागको टुक्रा १ थान, हतियार नं. 78134 नम्बरको ३ फिट १०।०५ इन्च लम्बाइ भएको भिर्ने फित्ता (सिलिङ) सहितको दुई नाले कार्तुस बन्दुक १ थान ऐ. बन्दुकमा लाग्ने SUNDERI SUPER PRIX समेत लेखिएको प्रयोग भइसकेको खालि खोका ४५ थान, ऐ. बन्दुकमा लाग्ने धातुका छर्रा १९१ थान, ऐ. बन्दुकमा प्रयोग हुने बारुद ३१५ ग्राम, सोही बन्दुकमा प्रयोग हुने धातुका सानो छर्रा १५० ग्राम, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको डल्लो पदार्थ ३ थान (तौल गर्दा २ के.जी. ९०५ ग्राम) र सानो पटका रहेको रातो रंगको पत्ता १ थान समेत फेला पारेको हुँदा नियन्त्रणमा लिई निजलाई सम्मानित कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको र निजले वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी कसुर समेत गरेको हुँदा थप अनुसन्धान र कारवाहीको लागि उक्त वन्यजन्तुको अखेटोपहार डिभिजन वन कार्यालय कास्कीमा पठाउने प्रकृयामा रहेको जनाएको छ ।