आकाश गुरुङ
पोखरा, ६ माघ
पोखरा महानगरपालिका वडा नं.११ काहुँडाडास्थित धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले मण्डला निर्माणका लागि भुमिदान गर्ने दाताहरुलाई विहिवार स्वागत सम्मान गरेको छ।
पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनको केन्द्रको रुपमा विकास गर्न काँहुडाडामा निर्माण गरिने मण्डलाका लागि भुमिदानका लागि सहयोग गर्ने तमु धीं युकेको टोली, सहारा युके, बगरभाई खलक युके, स्याङजाली समाज युके, सिक्लेस पार्चे समाज युके,कोल्माबहाकोट समाज युके, कस्केली समाज अमेरिका, गोर्खा स्मृति स्मारक लगायतका संस्थागत अगुवाहरुसहितका सहयोगदाताहरुलाई स्वागत सम्मान गरेको हो।
विदेशबाट घरबिदाको अवसरमा नेपाल आगमनको क्रममा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष रुद्रकुमारी गुरुङ मैना, उपाध्यक्ष भरतराज शाक्य लगायतले सहयोगदाताहरुलाई खादा लगाएर स्वागत गरेको हो।
कार्यक्रममा धर्मकाया बुद्ध मण्डला निर्माणका लागि हालसम्म भएका गतिविधी, पहल र आगामी योजनाका बारेमा सचिव पुर्ण लामा ह्योल्मोले विस्तृत जानकारी गराउनुभएको थियो।
कार्यक्रममा तमु धीं युकेका अध्यक्ष हित काजी गुरुङले धर्मकाया बुद्ध मण्डला निर्माणका लागि आफुहरु सधै सहयोग गर्न तत्पर रहेको बताउनुभयो। पोखरा क्षेत्रको विकासका लागि अनवरत जुटिरहेको उदाहरणीय नेतृत्वका लागि विगतमा जस्तै आगामीदिनमा आफुहरुको साथ रहने भन्दै उहाँले भुमिदानमा सहयोग गर्न छुटेका लगायत पुण्यकार्यका लागि थप सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो।
धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भरतराज शाक्य र संचालन सचिव पुर्ण लामा ह्योल्मोले गर्नुभएको थियो।
उक्त अवसरमा समाजसेवीहरु मेजर कुमार गुरुङ एमभिओ÷कमला गुरुङले १ लाख ५० हजार, तमु धिं युकेका सल्लाहकार लोकबहादुर गुरुङले १ लाख ३ हजार ४२० रुपैया, साहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ÷मिना गुरुङले १ लाख रुपैया, स्याङजाली समाज युकेका अध्यक्ष शारादा÷सन्तोषी गुरुङले ५० हजार १००, बाबा क्या.मनबहादुर÷आमा बिष्णु गुरुङको नाममा कोल्माबहाकोट समाज युकेका अध्यक्ष कृष्ण गुरुङले ५० हजार ५ रुपैया, तमु धिं युकेका सल्लाहकार एकेन्द्र गुरुङले ५० हजार रुपैया मण्डला निर्माणका लागि सहयोग हस्तान्तरण गर्नुभएको थियो।