पोखरा
मिति २०७८।१०।१७ गते बेलुकी अन्दाजी १७ः०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित सडक किनारमा अवैध लागू औषध ब्राउन सुगरको खरिद बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला रूपन्देही तिलोत्तमा न.पा.वडा नं. २१ बुधवारे बस्ने वर्ष २१ को सुमन रौतार थारू र जिल्ला पाल्पा रेब्दीकोट गा.पा. वडा नं.८ सोमर बस्ने वर्ष २१ को सुमन रायमाझीको साथबाट लागू औषध ब्राउन सुगर १३.१०० ग्राम (तेह्र ग्राम सय मिलि ग्राम) फेला परेकोले निजहरूलाई पक्राउ गरी लागू औषध सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन आठ ८ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
previous post