पोखरा, ०२ फागुन
नेवाः खल लामाचौर द्वारा पोखरा – १९, लामाचौर मोहरपानी हाडे सामुदायिक बनले उपलब्ध गराएको जग्गामा भिमसेन भगवानको मन्दिर निर्माण सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं। १९ को कार्यलय, गुठीयार साथै विभिन्न अन्य व्यक्तिहरुको आर्थिक सहयोगमा मन्दिर निर्माण सम्पन्न भएको हो । नेवाः पुरोहित लाल प्रसाद प्रधानद्वारा प्राण प्रतिष्ठा गरिएको भिमसेन देवताको मूर्ति नेवाः देय दवुका केन्द्रिय सदस्य टोखा न।पा – ०२ निवासी सत्यनारायण डंगोल साथै माईला डंगोल, गणेशमान श्रेष्ठ र रामकाजी डंगोल त्यसैगरी गणेश देवताको मूर्ति नेवाः देय दवु कास्कीका सदस्य कृष्णमान ठुसाजुले सहयोग गरेका थिए।
नेवाः खल लामाचौरका अध्यक्ष रामप्रसाद श्रेष्ठको सभापतित्वमा भएको मुर्ति प्राण प्रतिष्ठा तथा गुठी पुजा कार्यक्रममा नेवाः देय दवुका केन्द्रिय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले लामाचौर नेवाः खलले धर्म र संस्कृति जगेर्णाथ गरेका कामको प्रशंसा गरेका थिए उनले जात, धर्म र संस्कृतिको जगेर्णा र संरक्षणमा आफुहरु पूर्व मेची देखी पश्चिम महाकाली पगेको र यस महान कार्यमा निरन्तर लागिरहने बताए ।
नेवाः खल लामाचौरका उपाध्यक्ष बल बहादुर श्रेष्ठले संचालन गरेको कार्यक्रममा नेवाः देय दवुका केन्द्रिय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, केन्द्रिय सदस्य देवेन्द कुमार श्रेष्ठ, गण्डकी प्रदेश उपाध्यक्ष हरि कुमार श्रेष्ठ, महासचिव विष्णु ख्वाउजु, नेवाः खलका कास्कीका अध्यक्ष अशोक पालिखे, चितवन नेवाः खल अध्यक्ष हरि कुमार श्रेष्ठ, नेवाः देय दवु कास्की अध्यक्ष अष्टमान प्रधानाङ्ग, सदस्य तथा समाजसेवी कृष्णमान ठुसाज लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम समापनको क्रममा आफ्नो भनाई राख्दै नेवाः खल लामाचौरका अध्यक्ष रामप्रसाद श्रेष्ठले हालै सम्पन्न भिमसेन मन्दिर सम्पूर्ण हिन्दु धर्मालम्वीहरुको आस्थाको रुपमा स्थापित हुने साथै यसले लामाचौर कै गरिमा बढाएको बताउनुको साथै मन्दिर निर्माण सम्पन्न गराउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण सहयोग दाताहरुलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।