पोखरा
नेकपा एमाले पोखरा महानगरपालिका वडा न १८ को आयोजनामा बिभिन्न पार्टी तथा संगठनहरु छोडी नेकपा एमालेमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ्र आज नेकपा एमाले जिल्ला कमिटीको कार्यालय नयाबजारमा भएको एक कार्यक्रममा बिबेकशील साझा महिला संघको केन्द्रीय सदस्य गौमाया परियार ,रास्ट्रिय खेलाडी रवी गुरु ,स्थानीय युवाहरु दुर्योधन खड्का ,सुमन थापा ,सन्तोष कार्की ,निकेश गुरुङ ,सुब्बा जलारी ,चुडामणि बि क ,बिकास नेपाली ,मनबहादुर लामकाजी ,सुमित बिक ,किस्मत खड्का ,मनसु बि क ,अन्तिमा बि क ,कृष्ण मल्ल ,सुमन नेपाली,बल ब परियार ,जित ब माझि ,पूर्णा खड्का लगाएतका पार्टी प्रवेश गरेका छन।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य भिम कार्की ,केन्द्रीय सदस्य एव प्रदेश संसद राजीव पहारी,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष मन बहादुर गुरुङ,उपाध्यक्ष तेजनारायण अधिकारी ,महानगर अध्यक्ष दिलिप न्यौपाने ,जिल्ला उपसचिव दर्शन लामा,अनेरास्वियु केन्द्रीय सदसय साजन सुबेदी लगायतका नेकपा एमालेका नेता एव कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य राजीव पहारीले नेकपा एमालेमा जनलहर बढ्दै गएको र बिकास निर्माण एव सामाजिक सुरक्षाको सवालमा नेकपा एमाले सधै अगाडी रहेको बताउदै एमाले बिरुद्ध तयार गरिएको माकुरोको जालोले हात्तीलाई रोक्न नसक्ने बताएका थिए।
नेकपा एमाले वडा कमिटी पोखरा १८ सरांगकोटको अध्यक्ष पुस्कल थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत एव पार्टी प्रवेश संचालन नगर कमिटि सदस्य लक्ष्मण तिमिल्सिनाले एव संचालन सचिव शालिक तिमिल्सिनाले गरेका थिए ।