पोखरा महानगरपालिकाका कानुनी सल्लाहाकार अधिवक्ता श्री कमलप्रसाद अर्याल ठगी आरोपमा पक्राउ परेको घटना सम्बन्धमा पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त घटनाको सत्यतथ्य छानबिनमा सहजताका लागि पोखरा महानगरपालिकाको नगर प्रमुख स्तरीय निर्णयबाट निज अर्याललाई पक्राउ परेको मिति २०७८ फागुन ३ गतेका दिन देखि नै कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको व्यहोरा सबैमा जानकारी गराउँदछौं ।
साथै घटनाको निष्पक्ष छानबिनका लागि सरोकार तथा सम्वद्ध निकायलाई पोखरा महानगरपालिका आग्रह गर्दछ ।
previous post