Home » फाल्गुण ७ गते १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८

फाल्गुण ७ गते १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८

by Pokhara City

नेपाल भूतपूर्व खेलाडी मञ्च २०५८

१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८
प्रेस विज्ञप्ती
आदरणीय पत्रकार मित्रहरु,

आफ्नो युवा अवस्थामा खेलाडीको रुपमा यस क्षेत्र लगायत राष्ट्रकै प्रतिनिधित्व गरिसकेका कर्मयोगी पुराना खेलाडीहरु तथा राष्ट्रको खेलकुद विकासमा विशिष्ट योगदान पु¥याउनु भएका खेलप्रेमीहरुको साझा संगठन नेपाल भूतपर्व खेलाडी मञ्चको गठन वि.सं.२०५८ सालमा भएको हो । विविध खेलहरुसँग आवद्ध सदस्यहरुको संलग्नता रहेको मञ्चको प्रमुख उद्देश्य मुलुकको खेलकुद विकासमा सहयोग पु¥याउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास गराउनु रहेको छ ।

वर्तमान विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने CITY MARATHON को अवधारणा अनुरुप नै यस सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन (SPORTS TOURISM) प्रवद्र्धन गर्न र वर्षको एक दिन यस प्रतियोगितालाई शहरकै उत्सवको रुपमा मनाई म्याराथन प्रतियोगिताको आयोजना गदै आईरहेका छाँै । गत दुई वर्षबाट हामीले फागुनको पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना गर्ने निर्णय बमोजिम यो वर्ष फागुन ७ गते, शनिवार “१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८” लाई व्यवस्थित रुपमा संचालन गर्न २१ वटा उपसमिति गठन गरी तयारी अगाडी बढेको यहाँहरुलाई सर्वविदितै छ ।

कोभिड १९ को वर्तमान परिवेशलाई समेत मध्यनजर गर्दै हामीले यो वर्ष सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत अन्य ६ वटा इभेन्टहरुलाई २०७८ चैत्र १२ गते शनिवार महिला÷पुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र÷छात्रा ५ किमि दौड, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड हुनेछन् ।

आदरणिय पत्रकार मित्रहरु हामीले यो वर्ष पुरस्कार राशीमा वढोत्तरी गर्दै पोखरा म्याराथनमा सहभागि हुने धावकहरुलाई थप आकर्षण दिने प्रयास गरेका छौं । खुल्ला ४२.१९५ किमि म्याराथनको नेपाली खेलकुदको इतिहासमा हामीले यो वर्ष देखि प्रथम पुरस्कार ४ लाख पु¥याएका छौं भने द्वितिय लाई २ लाख, तृतियलाई १ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गर्दैछौं ।
नेपाली म्याराथनको इतिहासमा नै हामीले पहिलो पटक सर्वाधिक नगद पुरस्कारको घोषणा गरेका हौं । आगामी तिन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गराउने योजना संगै पुरस्कार प्रथम राशी १० लाख पु¥याउने लक्ष्यका साथ हामी अघि बढेका छौं । यसका लागि नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, प्रायोजक संघसंस्थाहरु र सरोकारवालाहरुको सहयोग र सहकार्यको खाँचो छ ।
यसै गरी १० किमि पुरुष तथा महिला, ५ किमि छात्र÷छात्र, ह्विल चियर तथा दृष्टिविहिन पुरस्कार राशीमा समेत केही वृद्धि गरेका छौं । यो पुरस्कार वृद्धिले पोखरा म्याराथनमा सहभागिता जनाउने खेलाडीहरुलाई थप आर्कषित गर्नुका साथै यस संस्थाको संस्थागत क्षमता समेतमा अभिवृद्धि पुगेको छ । यसका साथै १६ औं संस्करणको पोखरा म्याराथनको कुल खर्च ९३ लाख र आम्दनी १ करोड ५ लाख हुने अनुमान गरेका छौं ।

१६ औ“ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८

नगद पुरुस्कार
क्र.स. इभेन्ट्स स्थान पुरुस्कार कैफियत (गत वर्ष)
१. ४२.१९५ किमी प्रथम ४,००,००० २,००,०००
२. ४२.१९५ किमी द्वितिय २,००,००० १,००,०००
३. ४२.१९५ किमी तृतिय १,००,००० ७५,०००
४. ४२.१९५ किमी सान्त्वना ३०,००० १५,०००
५. हाफ म्याराथन, महिला प्रथम १,००,००० १,००,०००
६. हाफ म्याराथन, महिला द्वितिय ७५,००० ७५,०००
७. हाफ म्याराथन, महिला तृतिय ५०,००० ५०,०००
८. हाफ म्याराथन, महिला सान्त्वना १५,००० १५,०००
९. १० किमी पूरुष प्रथम २०,००० १५०००
१०. १० किमी पूरुष द्वितिय १५,००० १००००
११. १० किमी पूरुष तृतिय १०,००० ५०००
१२. १० किमी महिला प्रथम २०,००० १५०००
१३. १० किमी महिला द्वितिय १५,००० १००००
१४. १० किमी महिला तृतिय १०,००० ५०००
१५. ५ किमी छात्र प्रथम १२,००० १०,०००
१६. ५ किमी छात्र द्वितिय १०,००० ७,०००
१७ ५ किमी छात्र तृतिय ७,००० ४,०००
१८. ५ किमी छात्रा प्रथम १२,००० १०,०००
१९. ५ किमी छात्रा द्वितिय १०,००० ७,०००
२०. ५ किमी छात्रा तृतिय ७,००० ४,०००
२१. ह्विल चियर पूरुष प्रथम १०,००० ७०००
२२. ह्विल चियर पूरुष द्वितिय ७,००० ५०००
२३. ह्विल चियर पूरुष तृतिय ५,००० ३०००
२४. ह्विल चियर महिला प्रथम १०,००० ७०००
२५. ह्विल चियर महिला द्वितिय ७,००० ५०००
२६. ह्विल चियर महिला तृतिय ५,००० ३०००
२७. दृष्टीबिहिन पूरुष प्रथम १०,००० ७०००
२८. दृष्टीबिहिन पूरुष द्वितिय ७,००० ५०००
२९. दृष्टीबिहिन पूरुष तृतिय ५,००० ३०००
३०. दृष्टीबिहिन महिला प्रथम १०,००० ७०००
३१. दृष्टीबिहिन महिला द्वितिय ७,००० ५०००
३२. दृष्टीबिहिन महिला तृतिय ५,००० ३०००
जम्मा रकम रु.१२,०६,०००÷– ८,०२,०००÷–

पत्रकार महोदय
यहि फागनु ७ गते हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उद्घाटन पोखरा अन्तर्राष्ट्रिय म्याराथनका संरक्षक तथा गण्डकी प्रदेश सरकारका माननिय मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली ज्यूले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराउन चाहन्छौं ।
यस मञ्चले आफ्ना स्थापना कालदेखि आयोजना गर्दै आईरहेको Pokhara Marathon लाई विभिन्न संघ संस्था, समाजसेवी, खेलप्रेमी व्यक्तित्वहरुले प्रायोजनगर्दै आईरहेका छन् ।
यही क्रममा आफ्नै पोखरेली प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधले वि.स.२०७२ देखि २०७७ सम्म संस्थागत रुपमै मूख्य प्रायोजन गरी प्रतियोगितालाई भव्य रुपमा सफल पार्न भूमिका खेलेको छ भने थप आगामी तीन वर्ष २०७८ देखि २०८० सम्मका लागि हामीले पत्रकार सम्मेलन मार्फत नै सम्झौता गरिसकेको यहाँहरुलाई सर्वविदितै छ । नेपाल भुतपूर्व खेलाडी मञ्च सफल डेरी संगको खेलकुद विकासका लागि भएको यो यात्रा निरन्तर रहने कुरामा विश्वस्त रहँदै उहाँहरु प्रति पुनः एक पटक हार्दिक अभार व्यक्त गर्न चाहन्छौ ।
त्यसै गरी गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके, नेपालको प्रतिष्ठित बैंक कृषि विकास बंैक बैकिङ पार्टनरको रुपमा रहने छ भने, स्पोर्टस वेयर एक्स–टेप, केल्मी, अप्रिला स्कुटरको विक्रेता सिताज लाइफ स्टायल, समाजसेवी तथा व्यवसायी पोखरा १६ अर्मला घर भई हाल युके निवासी श्री दुर्गा गुरुङ, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा १४, कुमुदिनी होम्स मावि गैह््«ापाटन पोखरा ४, हिमेक्स नेपाल, हिमालयन कम्प्युटर, वुम¥याङ रेष्टुरेन्ट, तमु धि युके, सहारा युके, गोकर्ण कार्की (बाराही बेकरी), हिमाअस एजुकेशन कन्सलटेन्सी न्यूरोड पोखरा, मुङलान रेष्टुरेन्ट एण्ड बार, बगर भाई खलक यूकेका अध्यक्ष दिलरास गुरुङ, लेकसाइड एरिना फुटसल सञ्चालक श्री बिनोद गुरुङ, पोखरा ६ तथा हाल स्कटल्याण्ड निवासी समाजसेवी जोनी पहारी, हिमश्री फुड्सका निर्देशक श्री किरण केसी ज्यू, होटल वाराही लेकसाइड, माउन्ट कैलाश रिसोर्ट, होटल लेक प्यालेस, होटल एलिगेन्स, पोखरा पर्यटन परिषद लगायतले सहयोग गर्ने संगै सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन वोर्ड रहेको यहाँहरु समक्ष जानकारी गराउन चाहन्छौं । त्यसै गरी पोखरा म्याराथन सफल बनाउन फिजियो थेरापी एशोसियसन, नेलम्वो नेपाल, एम्वुलेन्स चालक संघ, पोखराका अस्पतालहरु, नेपाल रेडक्रस सोसाइटी कास्की लगायतले सहयोग गनेृ भएका छन् ।
१६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा साग रेकर्ड होल्डर वैकुण्ठ मानन्धर, ग्रिसका अवैतनिक राजदुत तथा एभरेष्ट म्याराथनका संस्थापक श्री विक्रम पाँडे काजी, लोकप्रिय अभिनेत्री करिष्मा मानन्धर, लोकदोहोरी गायिका सुनिता दुलाल, नेपाल पिस रनकी स्वेता प्रधान, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, गिनिज वुक अफ वल्र्ड रेकर्ड धावक हरि रोका, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, नेपाल रन युकेका अध्यक्ष सन्तोष राई, धावक पाण्डव महतो, वि विल राईज फाउन्डेसनका निर्देशक श्री निर्मल श्रेष्ठ ज्यू, ओलम्पियन नारायण गुरुङ लगायतको टोली पोखरा आउने कार्यक्रम रहेको छ । त्यसै गरी लोकदोहरी प्रतिष्ठान गण्डकीका कलाकारहरुको प्रस्तुती संगै पोखराको सांस्कृतिक क्षेत्रमा उत्कृष्ट संस्था हिमाली सांस्कृतिक परिवारले समेत सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा मित्रराष्ट्र भारत, केन्या, फ्रान्स, युके, ओमन, आएरल्याण्ड, अमेरिकाका गरी १४ जना धावकहरु पोखरा आउने कार्यक्रम तय भइसकेको छ भने विभागिय तर्फका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल लगायत नेपालका १७ जिल्लाहरुबाट गरी म्यारथनतर्फ १६२ जना र महिला हाफ म्याराथनतर्फ ३९ गरी कुल २०१ धावक खेलाडीहरुको सहभागिता रहनेछ । पोखरेली मञ्च युकेले पोखरा म्याराथनमा पहिलो हुने नेपाली धावकलाई बेलायतको म्याराथनमा सहभागिता गराउने घोषणा गरिसकेको छ भने नेपाल एथलेटिक्स संघले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मान्यता प्रदान गर्दै म्याराथनमा प्रथम हुने धावकलाई १९ औं एशियाली खेलकुदको वन्द प्रशिक्षणमा सहभागिता गराउने संगै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राथमिकताका साथ सहभागी गराउने घोषणा समेत यस अघि नै गरिसकेको छ ।
अन्त्यमा सदाझैं भूतपूर्व खेलाडी मञ्चको कार्यक्रमलाई प्राथमिकताका साथ प्रचार–प्रसार गरी पोखरा म्याराथनको गरिमालाई माथी उठाउन तथा खेलकुद मार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न सदा झैं सहयोगको अपेक्षा सहित यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक आभार प्रकट गर्दछौँ । धन्यबाद ।

 अध्यक्ष

हरि प्रसाद पराजुली
नेपाल भूतपूर्व खेलाडी मञ्च

You may also like

Leave a Comment