Home » भुकम्प गएको पाँच बर्ष पछि पुन निर्मणका लागि शिलान्यास गरीयो पोखरा माटेपानीको मनाङ गुम्बा

भुकम्प गएको पाँच बर्ष पछि पुन निर्मणका लागि शिलान्यास गरीयो पोखरा माटेपानीको मनाङ गुम्बा

by Pokhara City

पोखरा

नवीन लागीछाने

पोखरा महानगरपालिका १२ मा रहेको पोखराकै सबैभन्दा पुरानो ‘कर्म सिद्ध’ अर्थात मनाङ गुम्बा माटेपानी गुम्बाको पुननिर्माण हुने भएको छ । २०१६ सालमा निर्मित गुम्बा २०७२ सालको भुकम्प पश्चात जीर्ण भएपछि उक्त गुम्बाको स्थानान्तरणसँगै पुननिर्माण हुने भएको हो । सो गुम्बाको शिलान्यास आज (सोमबार) एक कार्यक्रमका बिच गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गरे । सो अवसरमा बोल्दै प्रमुख शेरचनले गुम्बाको ऐतिहासिक महत्व रहेको बताउदै ‘बुद्ध दर्शन’ संसारमा नयां सन्देश दिने माध्यम भएको बताए ।

‘गेरु वष्त्र, पहेलो कपडा पहिरिएर मात्रै बुद्वत्व प्राप्त गर्न सकिदैन, उनले भने, ‘जीव जन्तु सबै प्राणीको कल्याण र विभेद रहित सोच र कर्म गर्नुपर्छ ।’ उनले बुद्धमार्गीहरुले धार्मिक आस्थाको रुपमा पुजा गर्ने गुम्बाको पुननिर्माण नेपाल सरकारले गर्न लागेको बताउदै प्रशंसा गरे । प्रदेश प्रमुख शेरचनले उक्त गुम्बा गुणस्तरिय र भुकम्प प्रतिरोधी बन्नुपर्ने तर्क दिए । माटेपानी गुम्बा निर्माणका लागि प्रदेश सरकार र केन्द्रीय सरकारबाट पाउन सक्ने सहयोगको लागि आफुले पहलकदमी गर्ने उल्लेख गरे । उनले स्वदेशमै स्थापित बुद्ध दर्शनको विकास गर्नुपर्ने धारणा राखे ।

प्रमुख शेरचनले प्रदेश सांसदहरुलाई ध्यानाकर्षण गराउदै भने, ‘आफ्नै देशको बुद्ध संस्कार र दर्शनलाई पाठ्यक्रममै विकास गरेर अगाडि लानुपर्छ । अझ यसको लिपी सहित शैक्षिक गुणस्तर उकास्न सकिन्छ ।’ प्रदेश प्रमुख शेरचनले फरक प्रसंगमा बोल्दै यतिबेला राष्ट्रिय एकताको आवश्यकता रहेको धारणा राखे । संसद विघटनको विषयमा बोल्दै शेरचनले पछिल्लो समय धार्मिक क्षेत्रका व्यक्तित्वहरुसँगै राजनैतिक व्यक्तित्वहरु एकताको सुत्रमा बाँधिनुपर्ने बताएका थिए । त्यस्तै गुम्बाका धर्म गुरु गुरुङले २०१६ सालमा स्थापना भएको माटेपानी गुम्बा (मनाङे गुम्बा¬) रहेको स्थान अझ पनि उच्च जोखिममा रहेकोले केही पछाडिको जग्गामा स्थानान्तरण गरि निर्माण गरिने बताए । उनले तत्कालिन समयमा जीर्ण बनेको गुम्बालाई व्यवस्थापन समितिले संरक्षणका लागि विभिन्न पहल गरेको बताउदै उक्त पहल यथेष्ट भएकाले पूननिर्माणका लागि नेपाल सरकारलाई नै गुहार्न परेको बताए । एक रोपनी क्षेत्रफलमा निर्माण हुने एतिहासिक महत्व बोकेको उक्त गुम्बा पुरानै शैलीको बन्नेछ । निर्माण प्राधिकरणका डिई ईन्जिनियर सुरेन्द्र धिमिरेका अनुसार सो गुम्बाको अनुमानित लागत ६ करोड भनिएपनि निर्माणको जिम्मा पाएको रबिना हेभी जेभीले १८ महिनामा सम्पन्न गर्ने गरी ४ करोड ३० लाखमा सम्झौता गरेको छ ।

You may also like

Leave a Comment