पोखरा
कास्की । नेपाल स्वयंसेवक रक्तदाता समाज कास्की ले आकस्मिक रक्तदान कार्यक्रम पोखरा को महेन्द्रपुल मा सम्पन्न गरेको छ। आकस्मिक रक्तदान मा नेपाल स्वयंसेवक रक्तदाता समाज कास्कीको नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका डण्डराज शर्मा को प्रमुख अतिथी मा भएको आकस्मिक रक्तदान मा ५७ युनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवक रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्यले बोल्दै मुख्य कारण जुन यो नियमित रक्तदान हुन सकेन रगत को अभाव न्यूनीकरण गर्न को लागि नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्तसञ्चार सेवाको विशेस अनुरोध मा नेपाल स्वयंसेवक रक्तदाता समाज कास्की को सहयोग मा आकस्मिक रक्तदान गरेको हो ।
नेपाल स्वयंसेवक रक्तदाता समाज कास्की ले ३६५ दिन नै रगत को आकस्मिक रगत दिने समेत जानकारी शाक्य ले जानकारी दिनु भयो । जो कसै लाई रगत आबस्यक परेमा निशुल्क रगत लान लाइ सम्पर्क गर्न समेत अबगत गराउनु छ्न । सो रक्तदान कार्यक्रममा विभिन्न संघ संस्था को ब्याक्तित्व को सहभागी रहेको थियो ।
साथै नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रिय रक्तसञ्चार सेवाको प्रमुख अर्जुन ज्ञवाली ले नितिप्रेसक्रमी माधब सङ बताउदै नेपाल स्वयंसेवक रक्तदाता समाज कास्कीलाई धन्यवाद ब्यक्त गर्दै भाबी दिनमा रगत को अभाव नदिनका साथै निशुल्क रगत पाउन सकिन्छ भन्दै गण्डकी प्रदेश स्वास्थ मन्त्री मधुमाया अधिकारिलाई समेत धन्यवाद ब्यक्त गर्नु भएको छ । फाल्गुन १ बाट निशुल्क रगत समेत उपलब्ध गराई समेत जानकारी दिनु भएको छ।