Home » बुटवलमा जाउँ है पोखरा अभियान 

बुटवलमा जाउँ है पोखरा अभियान 

by Pokhara City

बुटवल, ९ फागुन ।

आन्तरिक पर्यटन पुन:उत्थानको प्रमुख उद्देश्यसहित जाउँ है पोखरा अभियान २०७८ पुन: सुरु भएको छ । कोभीड १९ को प्रभाव मत्थर हुँदै गर्दा आयोजक होटल संघ पोखराले सोमबार लुम्बिनी अन्चलको बुटवलमा अभियान केन्द्रित छलफल तथा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।सो अवसरमा बोल्दै अभियानका संयोजक एबं संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले आन्तरिक पर्यटनका माध्यमबाट पर्यटन पुनर्जागृत गर्ने अभियानको मुख्य उद्देश्य रहेको जानकारी दिए । आगामी चैत २९ देखि बैशाख १ गतेसम्म पोखरामा संघले आयोजना गर्ने फेवा नवबर्ष महोत्सवमा सहभागिताका लागि संयोजक तुलाचनले रुपन्देहीवासिलाई आमन्त्रण गरे ।कार्यक्रममा उठेका जिज्ञासाको उत्तर दिंदै संघका अध्यक्ष लक्ष्मण सुबेदीले आन्तरिक पर्यटन नै दिगो पर्यटनको मुख्य आधार भएको बताए । त्यही भएर पनि संघले आन्तरिक पर्यटनमा जोड दिंदै जाउँ है पोखरा अभियान संचालन गरेको अध्यक्ष सुबेदीले स्पष्ट पारे ।लुम्बिनी प्रदेशका पर्यटन सचिव महेशचन्द्र नेउपानेले पर्यटन व्यवसाय आवतजावतमा आधारित हुने स्मरण गराउँदै व्यवसायीसँग छलफल गरेर नै मन्त्रालय अघि बढ्ने बताए ।

स्थानीय खानाको प्रबर्धनमा समेत ब्यबसायीले ध्यान दिनु पर्ने उनको सुझाव थियो ।होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ बुटवलका संस्थापक अध्यक्ष माधव नेपालले पर्यटन क्षेत्रलाई प्रदान गरिंदै आएको पुनर्कर्जाको व्यवस्थालाई पाँच बर्ष सम्म निरन्तरता दिनुपर्ने माग गरे । पर्यटन प्रबर्धन र नीति सुधारमा सरकारले ध्यान दिनुपर्ने सुझाव उनको थियो ।नाट्टा लुम्बिनीका अध्यक्ष सागर अधिकारीले लुम्बिनी र पोखरालाई पर्यटकीय हिसावले जोड्नु पर्ने भनाई राखे । बुटवल र पोखराविच स्तरीय पर्यटक बस सेवा विस्तार गर्न जरुरी रहेको उनको सुझाव थियो ।नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले पोखराले आफ्नो पर्यटन सम्बन्धि अनुभव अन्य संभावना बोकेका शहरलाई बाँड्नुपर्ने बताए ।सो अवसरमा धन्यवाद ज्ञापनपन गर्दै होटल संघ पोखराका सल्लाहकार हरि शर्मा गैह्रेले अब पर्यटनलाई कोभिडसँगै अगाडि बढाउनुपर्ने अवस्था आएको बताए ।

लुम्बिनी र पोखराविच संस्कृती र खानाको सम्बन्ध पनि स्थापित गर्न सकिने सुझाव सल्लाहकार गैह्रेले राखे । पोखरा, बुटवल, चितवन र काठमाडौंलाई गोल्डेन ट्रयांगल मानेर प्रबर्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने उनको सुझाव थियो ।कार्यक्रमका सहभागीले पोखरासम्म स्तरीय बस सेवा र सडक सुधारमा जोड दिएका थिए । पोखरा र भैरहावाविचको सिधा हवाईसेवाको शुल्क महंगो भएको गुनासो पनि सहभागीको थियो । पोखराका पर्यटकीय प्याकेज र वरपरका गन्तब्यबारे समेत सो अवसरमा जिज्ञासा राखिएको थियो । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए । फागुन ८ मा सुरु भई फागुन ११ मा सम्पन्न हुने अभियान अन्तरगत बुटवल, हेटौंडा, विरगंज र चितवन समेटिएको छ । गन्डकी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रबर्धमा कार्यक्रम भएको हो

You may also like