Home » लाईन्स क्लव अफ चौतारी बिद्यालयलाई सहयोग

लाईन्स क्लव अफ चौतारी बिद्यालयलाई सहयोग

by Pokhara City

पोखरा फागुन ११ गते ।
लाईन्स क्लवअफ पोखरा चौतारीले तनहँुको शुक्ला गण्डकी ४ मा रहेको अमर ज्योति प्राथमीक बिद्यालय खैरेनिटार ग्यासिङका बिद्याथीलाई नगद,शैक्षिकसामागी्र,तथा बिद्यालय पोसाक हस्तान्तरण गरेको छ
सो बिद्यालयमा आधारभुत तहदेखि कक्षा ५ सम्म अध्ययन गर्ने २२ जना छात्र,छात्रा रहेका छन । विद्यालयमा ४ शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन । कार्यरत शिक्षक मध्ये २ जना सरकारी दरवन्दी अन्य निजी सो्रतबाट राखिएकाले बिद्यालयलाई आथिक कठीनाई भएको ब्यवस्थापन समितीका अध्यक्ष बलराम पौडेलले वताउनु भयो ।
क्लव वाट हस्तान्तरण गरिउको ५० हजार नगद तलव भक्तामा खर्च गरिने बिद्यायलका प्रअ कमला राना थापाले वताउनु भयो । शहरको नजिक भएकाले बिद्यार्थीको संख्या न्युन रहेको छ ।
कार्यक्रमा लाईन्सडिस्ट्रीक चिफ एडमिनीस्टेटर चण्डीप्रसाद अर्यालले सरकारी बिद्यालयमा बिद्यार्थीको अभावले सरकारको लगानी बालुवामा पानी भएकाले गुणस्तरीय शिक्षाकालागी जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रमा को चिप एडभाईजर मोहनबाबु खडकाले बिद्यार्थी संख्या र शैक्षिक गुस्तरमा जोड दिनु पर्ने वताउनु भयो ।
संस्थाका अध्यक्ष सरद कुमार सापकोटा, कार्यक्रम संयोजक प्रजापति वास्तोला, चियर प्रसन बुद्धिबहादुर थापा, डिस्टीक सिनियर एडभाईजर तेज बहादुर भट्टराई ,सचिव रामचन्द« अधिकारी , कलस्टर प्रमुख सन्तोष घिमीरे लगाएतले गुणस्तरीय शिक्षाको बारेमा बोल्नु भएको थियो ।

You may also like