Home » विदेशबाट नेपाल आगमनमा तमु अगुवाहरुलाई तमु धिं नेपालमा स्वागत

विदेशबाट नेपाल आगमनमा तमु अगुवाहरुलाई तमु धिं नेपालमा स्वागत

by Pokhara City

आकाश गुरुङ

पोखरा, १० फागुन

अमेरिका, युके, हङकङलाई कर्मभुमि बनाई सामाजिक सेवामा जुट्नु भएका तमुहरुलाई जन्मभुमि नेपाल आगमनमा तमु धि नेपालले स्वागत एवम सम्मान गरेको छ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा अमेरिकाबाट नेपाल आउनु भएका तमु धिं नेपालका पुर्व कार्यसमिति सदस्य एवम संरक्षक सोमबहादुर गुरुङ, युकेबाट आउनु भएका तमु धिं नेपालका पुर्व कार्यसमिति सदस्य, सामाजिक अभियन्ता महेश गुरुङ, सहयोगी संस्था चारभन्ज्याङ तमु समाज युकेका अध्यक्ष मदन गुरुङ, संस्थापक अध्यक्ष ले.नारायण प्रसाद गुरुङ बिइएम, पुर्व अध्यक्ष ले.चन्द्रबहादुर गुरुङ, आमा समूह अध्यक्ष बिमला गुरुङ, समाजसेवी जुमप्रसाद गुरुङज्यु(युके), सहयोगी संस्था तमु टहो ह्युल हङकङ÷ लमजुङ समाज हङकङ÷साहारा हङकङका खम गुरुङ, दिल गुरुङ, शशिकुमार गुरुङज्यु, पर्यटन ब्यवसायी बिन्दुमाया गुरुङलाई तमु धिं नेपाल, तमु कलाकार संघ गण्डकी,तमु धिं नेपाल केन्द्रिय आमा समितिले टिका, फेटा, घलेक, खादा, माला, बुकेद्धारा स्वागत एवम सम्मान गरिएको हो।

आमन्त्रित अतिथिहरुलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्ष गीमाया गुरुङ, आमा अध्यक्ष पञ्चकुमारी गुरुङ, तमु कलाकार संघका अध्यक्ष सुरेन्द्र गुरुङ, तमु कलाकार संघको संस्थापक शंकर बिरही गुरुङ लगायतले स्वागत सम्मान गर्नुभएको हो।

उक्त अवसरमा आशिर्वाद सहित तमु धिं नेपाललाई ५० हजार रुपैया सहयोग प्रदान गर्नुहुदै सामाजिक अभियन्ता महेस गुरुङले तमु धिं नेपालको लामो इतिहासमा पछिल्लो विकासक्रमलाई उदाहरणीय भएको बताउनुभयो। संस्थाको कार्यको सह्राना गर्दै आगामी दिनमा पनि तमु धिं लाई सबैको साथको आवाश्यक रहेको बताउनुभयो।

अमेरिकाबाट घरबिदामा आउनु भएका सोम गुरुङले आफुले एक कार्यकाल कार्यसमितिमा रहेर क्रियाशिल रहेको संस्थाको तर्फबाट स्वागत सम्मान पाउदा अत्यन्तै खुशी भएको बताउनुहुदै तमु धिं नेपालको विकासका लागि आफुहरु जहारहे पनि साथै रहेको बताउनुभयो।

चारभञ्ज्याङ तमु समाज युकेका अध्यक्ष मदन गुरुङले चारभञ्ज्याङकै सदस्य तमु धिं जस्तो गर्बिलो संस्थाको अध्यक्ष हुन सफल भएको भन्दै तमु धिं नेपालका अध्यक्ष हुमबहादुुुर गुरुङलाई बधाई एवम सम्मान गर्नुहुदै संस्थाहरुले सक्दो सामाजिक विकासमा भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। जस्का लागि चारभञ्ज्याङ तमु समाजले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र वातावरणीय क्षेत्रमा चारभञ्ज्याङ क्षेत्र विकासका लागि पहल भईरहेको बताउनुभयो। यसरी नै उहाँले तमुहरुको एकता अपरिहार्य भएको बताउनुभयो।

तमु ट्हो ह्युला हङकङका खम गुरुङले स्वागत सम्मानका लागि तमु धिं नेपाललाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संस्थागत सम्बन्ध एवम सहयोग आदान प्रदानमा आफुहरुले सक्दो पहल गर्ने बताउनुभयो।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत विदेश विभाग प्रमुख बिना गुरुङ र संचालन सचिव जुमकाजी गुरुङले गर्नुभएको थियो।

You may also like