आकाश गुरुङ
पोखरा, १४ फागुन
माछापुच्छ«े गाँउपालिका वडा नं.१ घाचोकस्थित घाचोक लामछाने समाजको वार्षिक भेटघाट, चेलीबेटी भोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
घाचोक लामछाने समाजघरमा कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष, समाजलाई सहयोग गर्ने सहयोगदाताहरु, जेष्ठ नागरिक, ज्वाई, अत्यन्तै सक्रिय छोरी बुहारीलाई सम्मानका साथै शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा समाज स्थापना भएको विसं.२०५२ देखि २०७० सालसम्म सचिव र २०७० साल देखि २०७८ सालसम्म अध्यक्ष भई समाजका लागि विशेष योगदान दिनु भएका निवर्तमान अध्यक्ष दुर्गाबहादुर गुरुङ, धर्मपत्नी प्रेमकुमारी गुरुङ, ८४ वर्ष माथिका बाबा आमा मीनबहादुरगुरुङ, असुरी गुरुङ, उच्च शिक्षा हासिल गरेकी पुनम गुरुङ, असल ज्वाई टेकबहादुर गुरुङ, सक्रिय बुहारी बनकुमारी गुरुङ, सक्रिय छोरी मिनसुवा गुरुङ, समाज भवनका लागि १ लाख रुपैया सहयोग गर्नुभएका सहयोगदाता समाजका अध्यक्ष जगत गुरुङ,धर्मपत्नी हरिमाया गुरुङ लगायत विभिन्न सहयोगदाताहरुलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि हुमबहादुर गुरुङ, प्रमुख संरक्षक क्या.कर्णबहादुर गुरुङ, अध्यक्ष जगत गुरुङ लगायतले सम्मान गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि हुमबहादुर गुरुङले लामछाने समाजले प्रमुख अतिथिको सम्मान दिएकोमा आफु लामछानेको भाञ्जालाई ठुलो आर्शिवाद प्राप्त गरेको बताउनुभयो। तमुहरुको एकता, तमुहरुको भाषा, कला, सँस्कृति, अधिकार, तमु युवाहरुलाई आफ्नै मुलुकमा सत्ता र शक्तिमा पुग्ने वातावरण तथा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। घाचोक लामछाने समाजको भौतिक विकासका लागि आफु र तमु धिं नेपालको तर्फबाट सक्दो पहल हुने उहाँको भनाई थियो।
यसरी नै शुभकामना व्यक्त गर्नु हुदै लामछाने समाज नेपालका अध्यक्ष क्या.हितमान गुरुङले शुभकामना व्यक्त गर्नु हुदै लामछाने तमुहरुको ऐतिहासिकता, एकताका बारेमा विचार व्यक्त गर्नुभएको थियो।
घाचोक लामछाने समाजका प्रमुख संरक्षक क्या.कर्णबहादुर गुरुङले शुभकामनाका साथै सम्पुर्णलाई आर्शिवाद प्रदान गर्नुभएको थियो।
शुभकामना व्यक्त गर्नु हुदै चेलीबेटीका सचिव रामुकारी गुरुङले माइतीहरुको सम्मानका लागि धन्यवाद व्यक्त गर्नुभयो।
समाजका अध्यक्ष जगत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक ओम गुरुङ र सचिव सरोज कुमार गुरुङले कार्यक्रम संचालन र उपाध्यक्ष चिजबहादुर गुरुङले स्वागत गर्नुभएको थियो।
कार्यक्रममा प्रिति भोजका साथै साँस्कृतिक प्रस्तुति गरिएका थिए भने लामा गुरुले आर्शिवाद प्रदान गर्नुभएको थियो।