Home » बेसिक फोटोग्राफी तथा एडभान्स फोटोग्राफी तालिम शुरु

बेसिक फोटोग्राफी तथा एडभान्स फोटोग्राफी तालिम शुरु

by Pokhara City

१९ फाग’न,पोखरा

पोखरा फोटोग्राफर संघले फोटोग्राफी तालिम शुरु गरेको छ । तीन दिन सम्म सञ्चालन हुने सो तालिम कार्यक्रममा पहिलो दिन आधारभूत फोटोग्राफी तालिम तथा बाकी दुइ दिन एडभान्स फोटोग्राफी तालिम सञ्चालन भैरहको छ । पोखरा क्षेत्रमा फोटो ब्यावसाय गरिरहेका र सो ब्यावसाय गर्न इच्छुकहरुको निम्ती फोटोग्राफी सिपको अभिबृद्धी गर्न शुरु भएको तालिममा प्राय महिलाहरुको सहभागिता रहेको छ । पेशागत सिपबृद्धीलाई नया आधुनिक प्रबिधीसग परिचय गराउन र सो प्रबिधी मार्फत आफ्नो पेशालाई समायानुकुल परिमार्जन गर्न सहयोग मिल्ने अपेक्षा राखिएको छ ।

आज भएको पहिलो दिनको बेसिक फोटोग्राफी तालिममा घनश्याम पौडेल र दुर्गा प्रसाद पौडेलले प्रशिक्षण दिनुभएको छ । कार्यक्रम सञ्चालन पोखरा फोटोग्राफर संघका सचिव बिसुराज बरालले गर्नुभएको थियो भने अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा क्षेत्रका फोटोग्राफी ब्यावसाय गर्ने अधिकांस ब्यावसायीको उपस्थिती थियो । कार्यक्रमका संयोजक देवानन्द पोख्रेलका अनुसार फाल्गुण २० र २१ को एडभान्स लेवलको तालिमका लागि फोटोग्राफीमा लाईटरुम, फोटोसप सम्बन्धी बृहत जानाकारी दिनका लागि काठमाण्डौबाट सो बिषयका बिज्ञ सुशान्त अधिकारीलाई आमन्त्रित गरीएकोे छ । कार्यक्रम मा फोटोग्राफर संघ ग०डकी प्रदेश सहयोगीका रुपमा रहेको छ ।

You may also like