Home » पक्षघात पीडित रामबजारका केयरसिंह गुरुङलाई १ लाख ८१ हजार सहयोग

पक्षघात पीडित रामबजारका केयरसिंह गुरुङलाई १ लाख ८१ हजार सहयोग

by Pokhara City

आकाश गुरुङ(कास्की आवाज)

पोखरा, २० फागुन

तनहुँ जिल्ला चोकगाँउ भई पोखरा रामबजार हुदै पोखरा १५ नयाँबजार शुनगाभामार्ग निवासी पक्षघात पीडित ५३ वर्षिय केयर ंिसं गुरुङ(मुन्ना)लाई हङकङ,युके, अष्ट्रेलिया लगायतका देशबाट १ लाख ८१ हजार २०० रुपैया सहयोग गरिएको छ।

विगत १९ महिना अघि पक्षघात भई स्वास्थ्योपचाररत पीडित गुरुङको उपचार सहयोगार्थ संकलित रकम मध्ये १ लाख ४१ हजार २०० रुपैया पोखरा रामबजारस्थित एन एम बि बैंकको शाखामा पीडित गुरुङ र दिदिको नाममा खाता खोलिएको हो भने हकङकङमा संकलित ४०हजार रुपैया यस अगावै उपचारका लागि पीडितलाई सहयोग हस्तान्तरण गरिएको हो।

उपचारका लागि खोलिएको खाता एक कार्यक्रमका बिच सहयोग रकम संकलनमा विशेष पहल गर्नु हुने रामबजार सोसाइटी युकेका सचिव सरोज गुरुङ र हङकङ निवासी नैनसिंह गुरुङको आमा समाजसेवी मीना गुरुङ,बाबा खेम गुरुङ, सामाजिक अभियन्ता महेश गुरुङ, रोस गुरुङ, एनएमबी बैंकका शाखा प्रमुख अनिलरत्न बुद्धाचार्य लगायतले पीडित केयरसिंह गुरुङ एवम परिवारलाई चेक हस्तान्तरण गरिएको हो। स्वास्थ्योपचारका लागि गरिएको सहयोग रकमको व्याजबाट उपचारकै लागि खर्च गर्ने गरी बैंकमा खाता खोलिएको हो।

पोखरा रामबजारबाट देश विदेशमा रही रामबजारबासीको दुःख पीडामा सहयोग गर्दै आइरहने क्रममा पक्षघात पीडित केयरसिंह गुरुङको उपचार सहयोगार्थ पहलमान गुरुङ (यु.के) १६ हजार रुपैया, कमल गुरुङ (हङकङ) १० हजार, हिमाल राना (हङकङ) ८ हजार, विष्णु गुरुङ र सम्पुर्ण परिवार (यु.के) ८ हजार, जुमकाजी गुरुङ (यु.के) ५ हजार ६ सय, प्रेम बि.क (यु.के) ५ हजार १ सय, भिमसेन श्रेष्ठ (अमेरिका) ५ हजार, प्रेमकाजी गुरुङ (अष्ट्रेलिया) ५ हजार, भिम पुन (हङकङ) ५ हजार, नयन सिंह गुरुङ (हङकङ) ५ हजार, देव गुरुङ (हङकङ) ५ हजार, कृष्ण गुरुङ (हङकङ) ५ हजार, पदम गुरुङ (हङकङ) ५ हजार, दिपक गुरुङ (हङकङ) ५ हजार, कृष्ण गुरुङ (ताइकण्दो)(हङकङ) ५ हजार, प्रकाश गुरुङ (यु.के) ५ हजार, महेश गुरुङ (यु.के) ५, हजार, डा.सि.वि गुरुङ (यु.के) ४ हजार ९ ६०, क्या.सि.वि.पुन (यु.के) ४ हजार, मन कुमारी गुरुङ (श्रीमति स्व. भक्त ब. गुरुङ) (यु.के) ४ हजार, गोपाल गुरुङ (यु.के) ४ हजार, उत्तरमाया गुरुङ (ठागु) (यु.के) ३ हजार ३६०, पुर्ण पुष्पा गुरुङ (यु.के) ३ हजार ३६०, रुपक गुरुङ (यु.के) ३ हजार २ सय, दुधराज गुरुङ (यु.के) ३ हजार २ सय, मनमन श्री कासी गुरुङ (यु.के) ३ हजार २ सय, हिरा पुन (यु.के) ३ हजार २ सय, राम गुरुङ (यु.के) ३ हजार २ सय, मोहन सुनिता गुरुङ (यु.के) ३ हजार २ सय, कृष्ण पुन (यु.के) ३ हजार २ सय, माया गुरुङ (यु.के) ३ हजार २ सय, चन्द्रमान (ठागु) (यु.के) ३ हजार २ सय, गिता गुरुङ (यु.के) ३ हजार २ सय, सरिता÷राजेन्द्र गुरुङ (यु.के) ३ हजार २ सय, मणी प्रसाद गुरुङ (यु.के) ३ हजार २ सय, हरी÷शान्ति गुरुङ (यु.के) ३ हजार २ सय, गोविन गुरुङ (यु.के) ३ हजार २ सय, कृष्ण गुरुङ ५ हजार रुपैया सहयोग गर्नुभएको थियो।

पक्षघात पीडित गुरुङको उपचारका लागि नयाँगाँउस्थित हरियोखर्क अस्पतालमा करिब एक हप्ता उपचारको व्यवस्था पनि रामबजारका विशिष्ट व्यक्तित्व एवम सहयोगीहरुको तर्फबाट व्यवस्था गरिएको थियो।

यसरी नै दुःख समस्यामा परेका रामबजारबासीका लागि यस अघि देश विदेशमा रहेका रामबजारका सहयोगीहरुले लालबहादुर गुरुङ, रामकृष्ण क्षेत्री, आँटा,सनश्री गुरुङ लगायतलाई पनि अभियानकै रुपमा सहयोग गरेको सामाजिक अभियन्ता महेस गुरुङले जानकारी दिुनभयो।

You may also like