आकाश गुरुङ(कास्की आवाज)
पोखरा, २० फागुन
पोखरा १७ पार्दी हिमालीटोलस्थित तमु सहयोग समिति पार्दीको ४०औं वार्षिक साधारणसभा, सम्मान एवम स्योकैं कार्यक्रम शुक्रवार सम्पन्न भएको छ।
हिमालीटोलस्थित समाजभवनमा प्रमुख अतिथि समाजका पुर्व अध्यक्ष एवम सल्लाहकार क्या.चेतबहादुर तमुले दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा समाजका सचिव नासु मेखबहादुर तमुको प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष क्या.लक्ष्मणबहादुर तमुले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि क्या.चेतबहादुर तमुले मन्तव्य व्यक्त गर्नु हुदै सुख दुःखमा एकै ठाँउमा हुनका लागि स्थापित समाजको विकासका लागि सबैको साथ जरुरी रहेको बताउनुभयो। उहाँले तमुहरुको शिक्षा, स्वास्थ क्षेत्रका विशेष जोड दिदै राजनीतिमा पनि अगाडि बढ्नुपर्ने बताउनुभयो।उक्त अवसरमा प्रमुख अतिथि क्या चेतबहादुर तमु र धर्मपत्नी देवी तमुले समाजले प्राथमिकता निर्धारण गरी सञ्चालन गर्ने गरी समाजकै पहिलो अक्षयकोष स्थापनार्थ २ लाख ११ हजार १११ रुपैया हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले शुभकामना व्यक्त गर्दै तमु र तमु समाजहरुले शिक्षा, राजनीति, शासन प्रसासन, सामुदायिक मौलिकता र अधिकारका लागि जोड दिनुपर्ने बताउनुभयो। उहाँले समाज स्थापना गरी तमुहरुको एकता र सामुदायिकतामा महत्वपुर्ण भुमिका खेलेको छ भन्नुहुदै अव स्वदेशमै रहेर अग्रगतिमा लाग्ने गरी युवाहरुलाई वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पञ्चकोशी आर्थरडाडाखर्क समाजका अध्यक्ष कमल तमु, सल्लाहकार एवम सहयोगदाता सु.देउबहादुर तमु,क्षेत्र नं.१ का संयोजक क्या.कृष्णबहादुर तमुले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा ८४ वर्ष पुगेका जेष्ठ नागरिकहरु,उच्च शिक्षा हासिल गरेका सनम तमु, मञ्जुदेवी घले,मित्रकुमारी तमुलाई सम्मान, दशजोड २ का उत्कृष्ठ विद्यार्थी अक्षिता तमुलाई पुरस्कृत गरिएकोथियो।यसरी नै स्वर्र्गीय क्या.बलबहादुर तमु(संस्थापक अध्यक्ष),पुर्वअध्यक्ष तथा सल्लाहकार स्व.क्या.मनकाजी तमु, पुर्व अध्यक्ष तथा सल्लाहकार स्व.क्या.इन्द्रबहादुर तमु र सचिव स्व.सु.गमबहादुर तमुको योगदानको कदर गर्दै मुत्युपर्यन्त सम्मान गरिएकोथियो।
कार्यक्रममा समाजलाई धार्मिक संयोजक सुनकुमारी तमु÷सल्लाहकार सु.देउबहादुर तमुले १ लाख रुपैया, समाजसेवी बुद्धिराज तमुले १ लाख ५ रुपैया लगायत विभिन्न सहयोगदाताहरुले सहयोग गरेका थिए।
समाजका अध्यक्ष क्या.तमबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत समाजका उपाध्यक्ष सु.तुलबहादुर तमु, संचालन सचिव नासु मेखबहादुर तमुले गर्नुभएको कार्यक्रममा धार्मिक संयोजक सुनकुमारी तमुले मोन्लमपाठ, आमा समिति लगायतका कलाकारहरुबाट साँस्कृतिक प्रस्तुतिसहित स्योंकैको व्यवस्था गरिएको थियो।