Home » कर्तव्य ज्यान मुद्धाका प्रतिवादीहरू पक्राउ

कर्तव्य ज्यान मुद्धाका प्रतिवादीहरू पक्राउ

by Pokhara City

कास्की
मिति २०७८।११।१९ गते बिहान अन्दाजी ०१ः०० बजे जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२० मौजा स्थित महा शिवरात्रीको अवसरमा स्थानीय क्लबद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा विवाद तथा झै-झगडा हुँदा पोखरा महानगरपालिका वडा नं.२० लामडाँडा बस्ने वर्ष ३७ को चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी घाइते बनाई फरार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट प्रहरी कर्मचारीहरू तत्काल खटिई खोजतलास गर्दा पोखरा महानगरपालिका वडा नं.२० लामडाँडा बस्ने वर्ष २९ को प्रकाश गुरुङ, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१३ लामाखेत बस्ने वर्ष २५ को निशान गुरुङ लाई ऐ. मिति ०३ः०० बजेको समयमा र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२० लामाखेत बस्ने वर्ष ३० को डिल बहादुर गुरुङ भन्ने प्रिमस गुरुङलाई मिति २०७८।११।२० गते ०७ः०० बजे पक्राउ गरिएको । साथै घटनामा प्रयोग भएको चक्कु थान १ समेत बरामद गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको ।

You may also like