जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थितमा कोठा भाडामा लिई तथा फोन सम्पर्कको आधारमा विभिन्न होटेलहरूमा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्ति कार्यमा संलग्न गराई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७८।११।१५ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.७ मुस्ताङ चोक स्थायी घर भई हाल पो.म.न.पा. वडा नं.१७ रातोपहिरा बस्ने वर्ष ३० को नारायण पोखरेल, जिल्ला सिन्धुपाल्चोक चौतारा वडा नं ६ ठूलीधारा स्थायी ठेगाना घर भई हाल पो.म.न.पा ६ जरेबर बस्ने वर्ष २२ की पुजा थापा मगर र जिल्ला बाँके चिसापानी वडा नं ९ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.६ जरेबर बस्ने वर्ष २२ को विशाल योगीलाई पक्राउ गरी मानव बेच-बिखन तथा ओसार पसार मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन आठ (८) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
previous post