पोखरा, फागुन २१ फागुन
२० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडी राजन गुरुङलाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ ।
आहाराराको नयाँ विजेता टोली एपिएफका राजन प्रतियोगितामा उत्कृष्ट घोषित भएका थिए । सिताज् लाइफ स्टाइलअन्तर्गत अप्रिलाका म्यानेजर आशीष श्रेष्ठले सो स्कुटर राजनलाई हस्तान्तरण गरेका हुन् । प्रतियोगिता आयोजक सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले ब्लु बुक प्रदान गरे । पुरस्कार ग्रहणपछि राजनले प्रसन्नता व्यक्त गरे ।
पोखरा रंगशालामा गत माघ ६ देखि १५ सम्म चलेको प्रतियोगिताको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एफिएफले सहभागिताको १६ वर्षपछि उपाधि चुमेको थियो ।