पोखरा
मिति २०७८।११।२२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१३ काहुँखोलामा जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.२६ बुढीबजार बस्ने वर्ष २८ को दिपक परियारको साथबाट लागू औषध डाईजापाम ९४ एम्पुल, फेनेरागन ९४ एम्पुल र नुर्फिन–९४ एम्पुल गरी जम्मा २८२ एम्पुल लागू औषध, मोबाईल १ थान र नगद रू.४०००।– (चार हजार) सहित फेला पारी निजलाई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।