Home » काइण्डनेस क्लब मदरल्याण्डद्धारा प्रिन्सा रेग्मीलाई सम्मान

काइण्डनेस क्लब मदरल्याण्डद्धारा प्रिन्सा रेग्मीलाई सम्मान

by Pokhara City

पोखरा, २२ फागुन
काइण्डनेस क्लब मदरल्याण्ड बोडिङ स्कुल पोखराको दोस्रो वर्षमा प्रदेश गरेको अवसरमा सम्मान कार्यक्रम गरेको छ । क्लबले पोखराकी समाजसेवी बालिका प्रिन्सा रेग्मीलाई सम्मान गरेको छ । सानै उमेरमा समाज सेवामा सक्रिय रेग्मीलाई क्लबले नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो
कोरोना भाइरस महामारीको बेला निःशुल्क माक्स वितरण, खाद्यन्न वितरण, स्वास्थय सामग्री वितरण, कापी किताब वितरण लगाएतका विभिन्न समाज सेवाको काम गर्दै आएकी छन् ।
सोही अवसरमा काइण्डनेस क्लबले प्रदान गर्ने काइण्डनेस टिचरको अवार्डबाट नुरमाया केसी सम्मानीत भइन् । केसीले नगद ५ हजार, दोसल्ला र सम्मानपत्र प्राप्त गरीन् । उनीहरु दुबैलाई मदरल्याण्ड बोडिङ स्कुलका निर्देशक त्रिभुवन बराल, विद्यालयक प्रिन्सिपल नारन बराल, काइण्डनेस क्लब मदरल्याण्डकी अध्यक्ष कृर्तिका नागिला लगाएतले सम्मान गरे ।
कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन बरालले सानो उमेरमा नै समाजसेवामा लागेकी प्रिन्साको अभियान अन्य विद्यार्थीका लागि पनि प्रेरणादायी हुने बताए । विद्यालयका प्रिन्सिपल नारन बरालले काइण्डनेस क्लबले उत्कृष्ट काम गर्दै आएको बताउदै प्रिन्सालाई सम्मान गरेर अर्को उत्कृष्ट काम गरेको बताए । उनले प्रिन्साका काम सञ्चारमाध्यमबाट जानकारी लिदै आएको बताए । उनले विद्यालयका विद्यार्थीहरुलाई प्रिन्साको कामले सहयोगी भावना आउने बताए ।
सम्मान पछि प्रिन्सा रेग्मीले थोपा थोपा मिलेर सागर बने जस्तै आफुले गरेको अभियानमा अरुपनि थपिदै जादा नेपाललाई नै सकारत्मक बनाउन सकिने बताइन् । उनले सबैको साथले नै आफु आगाडी बढेको बताइन् । कार्यक्रमको सञ्चालन क्लबका सदस्य निश्चल बास्तोलाले संचालन गरेका थिए ।
काइण्डनेस क्लब मदरल्याण्ड स्थापना भएको एक वर्षमा कल्याणी बालआश्रम लामाचौरका १२ जना बालबालिकाहरूलाई खाद्यान्न, लत्ता कपडा, जुत्ता आदि सामग्री, लकडाउनका बेला समस्यामा परेका १५ जना दृष्टिविहीन र १५ जनाका परिवारलाई खाद्यान्न वितरण, विश्व करूणा दिवसका अवसरमा मानवसेवा आश्रमका ६३ जना बृद्धा आमा र ९ जना बालबालिकालाई जाडोका लागि लत्ता कपडा वितरण लगाएका मानब सेवाका काम गरेको छ ।
दया, माया र करूणाको भाव विद्यालय स्तरबाटै जगाउनुपर्छ भन्ने भाव जागृत गर्ने अभिप्रायले काइण्डनेस क्लब मदरल्याण्ड स्थापना गरेर विभिन्न मानव सेवाका काम गर्दै आएको विद्यालयकी शिक्षिका केशु बरालले जानकारी दिइन् ।

You may also like