पवित्र तामाङ
पोखरा, २१ फागुन
पोखरा १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिले २८५८ औं सोनाम ल्होछार(ताक ल्हो) मनाएको छ। विश्वव्यापी कोरोनाको महामारीका कारण शुभकामना आदानप्रदानसहित केही समय पश्चात ल्होछार मनाएको हो।
तामाङ बौद्ध सेवा समितिको भवनमा आयोजित कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले उद्घाटन गर्नुहुदै सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभयो। उहाँले तामाङ समुदायको मौलिक साँस्कृतिक पर्वले तामाङहरु हरेक क्षेत्रमा अगुवाई एवम नेतृत्वदायी भुमिका निर्वाह गर्ने हैसियत प्रदान गर्ने शुभेच्छा व्यक्त गर्नुभयो।आफु प्रदेश सभा सदस्य एवम राजनीतिक नेताको हैसियतले तामाङ बौद्ध सेवा समिति लगायत तामाङ समुदायलाई सक्दो सहयोग गर्ने बताउनुभयो।
कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङ केन्द्रिय समितिका पुर्व कार्यवाहक अध्यक्ष कुमबहादुर योञ्जन तामाङ, कास्की घेदुङका पुर्व कार्यवाहक अध्यक्ष ना.सु.रामप्रसाद सम्देन, पोखरा महानगर समितिका अध्यक्ष टेकबहादुर स्याङबो, तामाङ बौद्ध सेवा समितिका पुर्व अध्यक्ष केशबहादुर थिङ,निर्वतमान अध्यक्ष बुद्धिबहादुर रुम्बा, महिला घेदुङ अध्यक्ष पवित्रा थोकर तामाङ, तामाङ बौद्ध सेवा समिति आमा समुह अध्यक्ष पुष्पा थोकर लगायतले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थालाई दीर्घकाल सेवा गर्नु भएको तामाङ बौद्ध सेवा समितिका निवर्तमान अध्यक्ष बुद्धिबहादुर रुम्बालाई ताम्रपत्रसहित सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु कमानसिंह लोप्चन, सिर्कबहादुर न्हेगी, लक्ष्मी स्याङबो तामाङ, भिमराज न्हेगी, लालुमाया तामाङ, गोमा लामा लगायतलाई सम्मान गरिएको थियो। यसरी नै कार्यक्रममा समाजका ३८ जना आर्थिक सहयोगदातालाई सम्मान गरिएको थियो।
तामाङ बौद्ध सेवा समितिकी अध्यक्ष बिष्णु योञ्जन तामाङको अध्यक्षता, स्वागत उपाध्यक्ष शेरजंग वाइबा तामाङ र कार्यक्रम सञ्चालन सचिव ब्रिजेश थिङले गर्नुभएको थियो।