Home » चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिको अध्यक्षमा ले.चन्द्रबहादुर गुरुङ, कलाकारहरु सम्मानित

चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिको अध्यक्षमा ले.चन्द्रबहादुर गुरुङ, कलाकारहरु सम्मानित

by Pokhara City

पोखरा, २३ फागुन

चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिको पोखरामा प्रथम अधिवेशन सम्पन्न भएको छ। चारभञ्ज्याङ तमु समाज पोखरामा सम्पन्न अधिवेशनले समन्वय समितिको संस्थापक एवम चारभञ्ज्याङ तमु समाज युकेका पुर्व अध्यक्ष लेप्टेनेण्ट चन्द्रबहादुर गुरुङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति गठन भएको छ।

सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा हुमबहादुर गुरुङ, पदेन उपाध्यक्षहरुमा चारभञ्ज्याङ युकेका अध्यक्ष मदन गुरुङ, चारभञ्ज्याङ तमु समाज काठमाण्डौंका अध्यक्ष अनरेरी क्याप्टेन नारायणबहादुर गुरुङ, चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष प्रदिपकुमार गुरुङ र चारभञ्ज्याङ तमु समाज हङकङका अध्यक्ष ताराप्रसाद गुरुङ, महासचिवमा धनबहादुर गुरुङ(डिबी),कोषाध्यक्षमा सुबेदार बीरप्रसाद गुरुङ चयन हुनुभएकोछ।
यसरी नै समितिको सदस्यहरुमा लामेबाट सुर्यबहादुर गुरुङ ठानामौला खाल्टेबाट रोशन गुरुङ, भँगराबाट हिरामती गुरुङ र दाद्राबाट समिर गुरुङ चयन हुनुभएकोछ।

कार्यसमिति गठनका लागि चारभञ्ज्याङ तमु समाज पोखराका संस्थापक अध्यक्ष पुरनध्वज गुरुङ संयोजक, माओत्सेतुङ गुरुङ सचिव र क्या।ठाकुरप्रसाद गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। सर्वसम्मत कार्यसमिति निर्वाचन समितिका संयोजक पुरनध्वज गुरुङले घोषणा गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष लेप्टेनेण्ट चन्द्रबहादुर गुरुङले प्रतिवद्धता व्यक्त गर्नुहुदै चारभञ्ज्याङ क्षेत्र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र वातावरण संरक्षणका लागि देशविदेशमा रहनु भएका चारभञ्ज्याङका दाजुभाईदिदिबहिनीहरु, समाज संघसंस्थाहरु एवम राज्यसँग समन्वयात्मक भुमिका खेल्ने बताउनुभयो। शिक्षा, चेतना,राजनीतिक क्षेत्रमा समेत चारभञ्ज्याबासीले विशेष जोड दिनुपर्ने उहाँको भनाई थियो।

यस अघि अधिवेशनको प्रमुख अतिथि चारभञ्ज्याङ तमु समाज युकेका संस्थापक अध्यक्ष लेप्टेनेण्ट नारायणप्रसाद गुरुङ९बीइएम०ले उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथि गुरुङले चारभञ्ज्याङ तमु समाजहरुलाई समन्वय गरी चारभञ्ज्याङ क्षेत्र विकासका लागि नवनिर्वाचित कार्यसमिति सफल हुने विश्वासका साथ बधाई र शुभकामना व्यक्त गर्नुभयो। एकतामै बल हुन्छ भन्नुहुदै उहाँले चारभञ्ज्याङ गाँउ भई विश्वभर रहेका तमुहरु गाँउको विकास, सेवा र अग्रगतिका लागि समन्वय समितिले विशेष पहलमा सबैको साथको लागि आव्हान समेत गर्नुभयो।


चारभञ्ज्याङ तमु समाज युकेका अध्यक्ष मदन गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै चारभञ्ज्याङ क्षेत्रको विकासका आयामहरुलाई अघि बढाउने क्रममा कृषि र पर्यटनका संभाव्यता अध्ययन एवम चारै गाँउमा अन्तरक्रिया, अवलोकन गरिएको जानकारी दिनुभयो। यस अभियानमा सबैको साथ सहयोगको अनुरोध गर्नुहुदै चारभञ्ज्याङ क्षेत्र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र वातावरण संरक्षणका समुदायगत रुपमा चारभञ्ज्याङ तमु समाजहरु जुटिरहेको र अब तीन तहको सरकारले पनि साथ दिनुपर्ने भनाई राख्नुभयो।

नेपाल पत्रकार महासंघ पर्वतका कोषाध्यक्ष दिल विकले शुभकामना व्यक्त गर्नुहुदै राज्यले गर्न नसकेको काम चारभञ्ज्याङ तमु समाजले गरिरहेको बताउनुभयो। उहाँले विकासका लागि संभावना धेरै भए पनि पछि गरेको चारभञ्ज्याङ क्षेत्रको विकासका लागि चारभञ्ज्याङ तमु समाजको अभियानले सरकारको ध्यानाकर्षणका लागि बाध्य बनाएको बताउनुभयो।

कार्यक्रममा चारभञ्ज्याङ तमु समाज युकेद्धारा निर्मित चारभञ्ज्याङ प्रवद्र्धनात्मक गीत, म्युजिक भिडियो र डकुमेन्ट्रीको टिम, कलाकार, प्राविधीकहरुलाई सम्मान गरिएको थियो।

चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष क्या।चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष प्रदिपकुमार गुरुङ, संचालन समन्वय समितिका महासचिव हुमबहादुर गुरुङ, पोखराका सचिव माओत्से गुरुङले गर्नु भएको थियो।

चारभञ्ज्याङ तमु समाज युके, हङकङ,काठमाण्डौं र पोखराका अगुवाहरु लगायत कलाकारहरु विशेष सहभागिता रहेको कार्यक्रममा रात्रीभोजको व्यवस्था साथै साँस्कृतिक प्रस्तुति गरिएको थियो।

You may also like