Home » १६ वर्ष अगाडीको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी अशोक गुरुङ INTERPOL को समन्वयमा पक्राउ

१६ वर्ष अगाडीको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी अशोक गुरुङ INTERPOL को समन्वयमा पक्राउ

by Pokhara City

घटना बिवरण : मिति २०६३।०१।२९ गते जिल्ला सुनसरी धरान घर भई जिल्ला कास्की लेखनाथ नगरपालिका वडा नं.१३ सातमुहाने स्थित खुदिखोलामा ग्याबिन जाली भर्ने ज्याला मजदुरी गर्ने वर्ष २० को रोजन राईलाई, साबिक जिल्ला कास्की लेखनाथ नगरपालिका वडा नं.१३ सातमुहाने हाल कायम जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३२ सातमुहाने बस्ने हाल वर्ष ४६ को अशोक गुरुङले कुटपिट गरी सख्त घाइते बनाई निज रोजन राईको उपचारको क्रममा मिति २०६३।०२।०२ गते मृत्यु भएको थियो।
लाशजाँच मुचुल्का – दायाँ हातको कुम र पाखुरामा छाला खुईलिएको र घस्रिएको चोट तथा टाउकाको बाया तर्फ १३ वटा टाँका लगाएको चोट भएको भन्ने उल्लेख रहेको ।
पोष्टमार्टम प्रतिवेदनः Death due to Severe Head Injury.
अनुसन्धान बिवरणः शंकित व्यक्ति अशोक गुरुङलाई पक्राउ गर्नको लागि सम्मानित कास्की जिल्ला अदालतबाट मिति २०७८।०६।०६ गते पक्राउ अनुमित प्रदान ।
-‍ प्रतिवादी अशोक गुरुङलाई पक्राउ गर्नको लागि च्भम ल्यतष्अभ जारी गर्ने लगायतको लागि पक्राउ अनुमित ईन्टरपोल शाखामा मिति २०७८।०६।१२ गते पठाईएको ।
– घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएको र उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट रेड नोटिसु जारी भएको ।
– प्रतिवादीलाई सुपर्दगी मार्फत नेपाल झिकाई कानून बमोजिम गर्नको लागि सम्मानित कास्की जिल्ला अदालतबाट नोटरीपब्लीकबाट अग्रेजीमा अनुवोदन गरिएको मिसिल प्रमाणित गरी ईन्टरपोल शाखामा पठाईएको ।
– प्रतिवादी अशोक गुरुङलाई तालुक प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७८।११।२४ गते नेपाल स्थित महानगरीय प्रहरी बृत गौशाला काठमाण्डौमा ल्याई राखेकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई सो कार्यालयबाट बुझिलिई सोही दिन १५ः०० बजेको समयमा कार्यालयमा उपस्थित गराएको ।
– निजलाई सम्मानित कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा दिन सात म्याद थप अनुमति प्राप्त भएको ।

You may also like