गण्डकी, २५ फागुन (रासस) ः
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकाले गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगिताको सम्पन्न भएको छ ।
महिलाको क्षमता अभिवृद्धिका लागि हाजिरजवाफ लक्ष्यका साथ आयोजित प्रतियोगितामा दिगो आमा समुह प्रथम, भिरकोट आमा समुह द्धितीय, भित्रीगाउँ हातेमालो आमा समुह तृतीय र नवदुर्गा आमा समुहले सान्त्वना भएका थिए ।
कूल २१ वटा टीमको सहभागिता रहेको प्रतियोगिताका विजयी टीमले क्रमश १० हजार, आठ हजार, छ हजार र चार हजार नगद पुरस्कार प्राप्त गरेका थिए भने सहभागि प्रत्येक टीमलाई दुई हजार रुपैयाका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रतियोगताका विजयी टिमलाई नगद पुरस्कार वितरण गर्दै महिलाहरुले प्राप्त हक अधिकारको उपयोगमार्पmत निर्णायक तहमा पुग्नुपर्ने बताउनुभयो ।
संवैधानिक अधिकार मागेर होईन खोसेर लिनु पर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि सम्पूर्ण महिला शक्ति एकतावद्ध भएर समृद्धिको अभियानमा जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो ।
आमाले छोराछोरीलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिंदै उपसभामुख शर्माले भन्नुभयो,पछिल्लो समय मुलुकमा महिला तथा बालबालिकाप्रति बढेको हिंसाको अन्त्यका सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
“सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता” नारा सहित आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लालसुव्वा गुरुङले पाँच बर्षको अवधिमा पालिकाको खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका बिभिन्न क्षेत्रको विकासमा जोडदिंदंै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा रुपा वडा नं. १ का वडाअध्यक्ष दिपककुमार आले, २ का कार्यवाहक वडाअध्यक्ष गिता रुपाखेतीले अन्तर आमा समूह हाजिरीजवाफ प्रतियोगिताले आमाहरुमा उत्साह थप्नुका साथै ज्ञानबर्दक भएको विचार व्यक्त गर्नुभयो । हरि बास्तोला