Home » हिंसामुक्त कार्यस्थलमा जोड

हिंसामुक्त कार्यस्थलमा जोड

by Pokhara City

पोखरा, फागुन २६ गते ।

कार्यस्थलमा हुने हिंसा न्यूनीकरणका लागि सकारात्मक सोचसँगै कानुन कार्यान्वयनमा जोड दिइएको छ । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा पोखरामा बिहीबार आयोजित ‘महिलाको सफलताको लागि हिंसामुक्त कार्यस्थलको आवश्यकता’ विषयक अन्तत्र्रिmयाका वक्ताले सो कुरामा जोड दिएका हुन् । मिडिया एड्भोकेसी गु्रप÷सोलिडारिटी सेन्टरको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले कार्यस्थलमा हुने हिंसा न्यूनीकरणका लागि पीडित पक्षले सहजरुपमा उजुरी दिने वातावरण हुनुपर्नेमा जोड दिए ।

उनले कार्यस्थलमा ११ देखि १४ प्रतिशतसम्म महिला हिंसा हुने गरेको उल्लेख गर्दै कानुनको कार्यान्वयन फितलो हुँदा यसखालको समस्या सिर्जना भएको बताए । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय पोखराका प्रमुख चन्द्रकान्त चापागाईंले नेपालले महासन्धिमा पक्ष राष्ट्र भए पनि राज्यले कार्यान्वयन तहमा लैजान नसकेको बताए । उनले समतामूलक विकासमा लैंगिक हिंसा चुनौतीको विषय भएको उल्लेख गरे ।

कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले आइएलओको ‘कामको संसारमा हुने हिंसा तथा दुव्र्यवहार उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ पारित हुनुपर्नेमा जोड दिइन् । उनले पितृसतात्मक सोच कायमै रहँदा कार्यस्थलमा महिला हिंसामा पर्दै आएको उल्लेख गर्दै पीडितको गोपनीयतामा समेत ध्यान दिनुपर्नेमा बताइन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले समाजमा खाना र नानाको अभावले विभिन्न विकृति हुने गरेको उल्लेख गरे । उनले कार्यस्थलमा महिला हिंसाविरुद्ध आफ्नो जानकारीमा जिल्ला प्रशासन कार्यालयमा हालसम्म भने कुनै उजुरी नपरेको बताए ।

संविधानसभा सदस्य तेजकुमारी पौडेलले नेपालको सामन्ती व्यवस्थाले महिला घरेलु हिंसामा पर्दै गएको बताइन् । उनले महिला अधिकारको रक्षाका लागि सबै जना एकजुट हुनुपर्नेमा जोड दिइन् । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखराका कार्यकारी निर्देशक निर्मला न्यौपानेले मानिसको चेतनाले नै आफ्नो व्यवहार निर्देश गर्ने उल्लेख गरिन् । उनले आमाको नाममा नागरिकता लिन थुप्रै कानुनी झन्झट व्यहोर्नुपर्ने समस्या रहेको सुनाइन् ।

पोखरा उद्योग वाणिज्य संघ महिला उद्यम विकास समिति संयोजक मुना बास्तोलाले महिला निर्णायक तहमा नहुँदा उनीहरुको आवाज सधैं दबिने गरेको गुनासो गरिन् । पत्रकार सुरेश रानाभाटले कार्यस्थलमा हुने महिला हिंसा निराकरणका लागि ‘ह्वाई कल्चर’ को विकास गर्नुपर्ने बताए । कार्यक्रममा विवेकशील साझाका केन्द्रीय सदस्य श्रीकृष्ण श्रेष्ठ, नेपाली काँग्र्रेस प्रदेश सदस्य लालीमाया शर्मा, तालबाराही आरति समूह अध्यक्ष मंगल नेपाली, पत्रकार शिवराज बस्ताकोटी ‘शिव दाइ’ लगायतले बोलेका थिए । कार्यक्रम संयोजन राधिका कँडेलले गरेकी थिइन् ।

You may also like