पोखरा
मार्गदर्शन महिला समूह रानीपौवाको आयोजना तथा गण्डकी मेडिकल कलेज,पो. म. न. पालिका स्वास्थ महाशाखा तथा काहुॅ स्वाश्थ चौकीको सहयोग प्राप्त उक्त कार्रयक्रममा प्रमुख अतिथिको रूपमा आफ्ना बिचार राख्दै कानुन तथा सञ्चार मन्त्री सञ्चार मन्त्रीले गण्डकी प्रदेशका सर्वसाधरणलाई क्यानसर रोगको उपचारको खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको जानकारी दिनु भयो।
उक्त कार्यक्रममा वडा नं एघारका वडा अध्यक्ष मोहन बाॅस्तोलाले दिदीबहिनीले गरेको यो कार्य उदाहरणीय भएको बताउनु भयो। कार्यक्रममा प्रेम कर्मचार्य डा. अनु हिराचनले शुभकामना मन्तव्य राख्नुभयो। १५० जना महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण गरिएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष शान्ति गौतमको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव लक्ष्मी थापाले गर्नु भएको थियो। त्यसै गरि मार्गदर्शन महिला समूहका सल्लाहकार किशोरै वस्याल तथा उपसचिव बिन्दु थापाले अतिथिहरूको स्वागत गर्नुभएको थियो। कार्यक्रमको सफलताको लागि माननीय कानुन मन्त्री तथा जनप्रतिनिधि तीर्थ गुरूङ र मिन गुरूङले आर्थिक सहयोग गर्नुभएको थियो।