पोखरा
मिति २०७८।११।२९ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ सभागृहचोक स्थित जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले भारत देश मोतिहारी स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ सभागृह बस्ने वर्ष १९ को रोशन कुमार गुप्ताको साथबाट लागू औषध डाईजापाम ५७ एम्पुल, फेनेरागन ५७ एम्पुल र नुर्फिन–५७ एम्पुल गरी जम्मा १७१ एम्पुल लागू औषध र मोबाईल १ थान सहित फेला पारी निजलाई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ।
