पोखरा
पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार आज देखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
पोखराको पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केवलकार फागुन ६ गतेबाट सफ्ट ओपनिङ गरी सञ्चालनमा ल्याइएकोको चैत्र १गते बाट पूर्ण रूपमा सञ्चालनमा आएको हो । आजबाट सूर्योदयको अवलोकन गर्न सकिने गरी बिहान ५ बजेबाटै सञ्चालनमा आएको छ।
केवलकारको दुई हजार १६५ मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने त्रिपाठीले बताउनुभयो । केवलकारमा आन्तरिक पर्यटकहरूको लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकहरूका लागि ले ८ सय र अन्य मुलुकका पर्यटकहरूका लागि ९ डलर दुईतर्फी भाडा तोकिएको छ ।