प्रमुख अतिथि पृथ्वी सुब्बा गुरूङ र विशेष अतिथि जगत विश्वकर्माको उपस्तिथिमा तथा छन्दिका त्रिपाठीको अध्यक्षतामा र नारी प्रतिभा वाङ्गमय प्रतिष्ठानको आयोजनामा डा. पुष्पा के. सि भण्डारी द्वारा लिखित मुक्तक संचयन जिन्दगीको दोसाँधमा पुस्तकको परिचर्चा गरियो कार्यक्रमको संचालन लक्ष्मी थापाले गर्नु भएको थियो।
कार्यक्रममा एक लाख एकसय एघार रुपैया रकमको अक्षयकोष स्थापना गरियो। बालप्रतिभालाई प्रोत्साहित गर्ने उदेश्यले उक्त अक्षय कोष स्थापना गरिएको हो। डा. पुष्पा के. सी भण्डारीका सासु कौशिला भण्डारीको नाममा उक्त अक्षयकोष स्थापना गरिएको थियो।