पोखरा
पातञ्जल योग समिति, नेपाल गण्डकी प्रदेशको आयोजनामा २०७८ चैत्र ४ र ५ गते पोखरामा राष्ट्रिय कार्यशाला गोष्ठी, योग विज्ञान शिविर तथा समग्र स्वासथ्य र स्वपहिचानको सान्दर्भिकताः पातञ्जल योगको सार्थकता” बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । चैत्र ४ गतेका दिन पातञ्जल योग समितिको पञ्चवर्षीय रणनीतिक योजना प्रस्तुती सहित केन्द्रीय कार्यसमितिको बैठक राष्ट्रिय अध्यक्ष श्री बालमुकुन्द सुवाल ज्यूको अध्यक्षतामा भएको थियो भने सञ्चालक केन्द्रीय महासचिव श्री नवराज काफ्ले ज्यूले गर्नुभएको थियो ।
चैत्र ५ गतेको पहिलो कार्यक्रम योग विज्ञान शिविर डा। हरिप्रसाद पोख्रेलज्यूको प्रमुख आतिथ्यता र दोश्रो अन्तरक्रियात्मक कार्यक्रम गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा पातञ्जल योग समितिको केन्द्रीय कार्यसमितिका सातै प्रदेशका अध्यक्ष तथा प्रतिनिधिहरु, पातञ्जल योग समिति गण्डकी प्रदेशका पदाधिकारी सदस्यहरु र कास्की जिल्ला शाखा र पोखरा नगर समितिका पदाधिकारी सदस्यहरु र कास्की भित्रका सवै योग केन्द्रका योग साधकहरुको सहभागीता उक्त कार्यक्रममा प्रमुख वक्ताको रुपमा प्रकृति चिकित्सा तथा योग विज्ञ डा। हरिप्रसाद पोख्रेल, योग आध्यात्म तथा कृषि विज्ञ डा। चन्द्रमणि खनाल डा। क्षितिज बराकोटीले प्रस्तुती गर्नुभएको थियो भने पातञ्जल योग समितिको संस्थागत गतिविधि उद्देश्य, लक्ष्य र दुरदृष्टिको बारेमा पातञ्जल योग समितिका संस्थापक अध्यक्ष सुर्दशन सुवेदी र वर्तमान अध्यक्ष वालमुकुन्द सुवालबाट प्रस्तुती भएको थियो ।
पातञ्जल योग समिति नेपालको पवित्र उद्देश्य र उद्देश्य प्राप्त गर्न भावी दिनमा यसले गर्ने कार्यहरुबारे गण्डकी प्रदेशका सम्पूर्ण निकायहरुलाई जानकारी पुगोस् र योगको माध्यमबाट सम्पूर्णलाई स्वस्थ राख्न सकियोस भन्ने उद्देश्यका साथ विभिन्न संघसंस्था एवं विशेष व्यक्तित्वहरुको सहभागीतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री विन्दु कुमार थापाले योगको माध्यमबाट आम नागरिकको स्वास्थ्य स्थितिमा सुधार गर्न पातञ्जल योग समितिले काम गर्ने विश्वास व्यक्त गर्नुभएको भने योग तथा प्रकृति विज्ञ डा। हरि प्रसाद पोख्रेल योग एक स्वास्थ्य जीवन पद्धतीको आधार हो भन्दै फास्ट फुड फास्ट डेथ र शरिर चलाउने र मन स्थिर राख्नु स्वस्थ्यताको आधार हो भन्नु भयो । अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरु तथा अतिथिज्यूहरुबाट उठेका प्रश्नहरुमा राष्ट्रिय सवालहरुमा डा। हरिप्रसाद पोख्रेल, डा। चन्द्रमणि खनाल र डा। क्षितिज बराकोटी ज्यूले प्रष्ट पार्नुभएको थियो । संस्थागत सवालहरुमा राष्ट्रिय अध्यक्ष श्री बालमुकुण्द सुवाल, संस्थापक अध्यक्ष श्री सुर्दशन सुवेदी ज्यूहरुबाट प्रष्ट पारिएको थियो भने त्यसै गरी गण्डकी प्रदेशको सवालहरुमा गण्डकी प्रदेश सल्लाहकार श्री लक्ष्मण कोइरालाज्यूले प्रष्ट पार्नुभएको थियो ।
अन्तमा पातञ्जल गण्डकी प्रदेशका अध्यक्ष श्री रश्मी भण्डारी ज्यूबाट कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न उपस्थित प्रमुख अतिथि, विशेष अतिथिज्यूहरु अतिथिज्यूहरु, उपस्थित सम्पूर्ण महानुभावहरु साथै कार्यक्रम सफल बनाउन विभिन्न जिम्मा लिएर अहोरात्र खटिनुहुने गण्डकी प्रदेश कार्यसमिति उपाध्यक्ष रमा श्रेष्ठ, कोषाध्यक्ष सुरेश श्रेष्ठ, सदस्य विश्व प्रधान, नवराज शर्मा पौडेल, जिल्ला अध्यक्ष सीता पौडेल, सचिव, टोल प्रसाद, सदस्य संगीता पराजुली, लगायत केन्द्रका सदस्य प्रमिला पालिखे, शम्भु कालु, देवि भण्डारी, सुनिता गुरुङ ज्यूहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।