Home » चैत १२ गते हुने दौडको तयारी तिव्र, रंगशालाबाट सुरु हुने, लेकसाइड बाराही घाटमा समापन

चैत १२ गते हुने दौडको तयारी तिव्र, रंगशालाबाट सुरु हुने, लेकसाइड बाराही घाटमा समापन

by Pokhara City

पोखरा

पोखरालाई सिटी म्याराथनको अवधारणा अनुरुप आयोजना भएको पोखरा म्याराथन अन्तर्गत खुला महिला/पुरुष १० किमि दौड र ५ किमि छात्र/छात्रा दौडको तयारीलाई आयोजकले तिव्र बनाएको छ ।

पोखरा म्याराथनको आयोजक संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत बाँकी इभेन्टहरु चैत १२ गते शनिबार खुला महिला/पुरुष १० किमि दौड र ५ किमि छात्र/छात्रा दौडको समापन सङ्गै ह्विल चियर दौड महिला/पुरुष र दृष्टि विहिन दौड महिला/पुरुष दौड समेत पोखराको पर्यटकिय स्थल लेकसाइडमा अवस्थित बाराही घाट खेल मैदानमा नै आयोजना हुने भएको छ ।

उक्त प्रतियोगिताको आयोजक संस्थाका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार १० किमि महिला/पुरुष दौड पोखरा रंगशालाको गेट नं ६ बाट सुरु भई बुद्ध चोक, अम्वर सिंह चोक, गण्डकी हस्पिटल पुर्वी गेट हुँदै रानीपौवा चोक, महेन्द्रपुल विपी चोक, मानवअधिकार चोक हुँदै पुनः विपी चोक, न्युरोड, सभागृह चोक, सृजना चोक, जिरो किमी चोक, जरेवर, डिहिको पाटन, हल्लन चोक हुँदै बाराही घाट खेल मैदानमा पुगेर समापन हुनेछ ।

यसै गरी ५ किमि छात्र/छात्रा दौड पोखरा रंगशालाको गेट नं ६ बाट सुरु भई पृथ्वीचोक, सभागृह चोक, सृजना चोक, जिरो किमी चोक, जरेवर, डिहिको पाटन, हल्लन चोक हुँदै बाराही घाट खेलक मैदानमा पुगेर समापन हुनेछ ।

प्रतियोगितामा १० किमि खुला महिला तथा पुरुष दौड विजेता प्रथम, द्वितिय र तृतिय हुनेले जनही नगद २० हजार, १५ हजार र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने महिलातर्फ १ सय र पुरुषतर्फ २ सय जनालाई समेत दौडको क्रम संख्याका आधारमा मेडल प्रदान गरिने महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

यसै गरी ५ किमि ५ छात्र/छात्रा दौडतर्फ दौड विजेता प्रथम, द्वितिय र तृतिय हुनेले जनही नगद १२ हजार, १० हजार र ७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी छात्र तर्फ ३ सय र छात्रातर्फ २ सय जनालाई उनीहरुको दौडको क्रम संख्याका आधारमा मेडल प्रदान गरिने छ ।

प्रतियोगितामा विजेता हुने महिला तथा पुरुष, छात्र/छात्रा खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीले सम्मान स्वरुप छुट्टै पुरस्कारको व्यवस्था गरेको अध्यक्ष पराजुलीले बताए ।

You may also like