पोखरा
मिति २०७८।१२।०४ गते बिहान पोखरा १२ शितलादेवी स्थित सुकुमबासी वस्तिमा वर्ष ६७ की नौमायाँ नेपाली आफ्नै घर कोठा भित्र मृत अवस्थामा फेला परेको र अनुसन्धानको क्रममा ओम बहादुर नेपालीले आफ्नो साथी कुमार गुरुङलाई आमा मार्नको लागि १ लाख दिन्छु भनी मार्न लगाएको भन्ने अनुसन्धानमा देखिएको र छोरा ओम बहादुर नेपालीले घर जग्गा बेच्नको लागि पटक पटक प्रयास गरेको ।
मृतकले जग्गा बेच्न नमानेको ।
मिति २०७८।१२।०३ गते राति अबेर सम्म २ जना संगै बसी मादक पदार्थ रक्सी सेवन गरेको ।
घर फर्किने क्रममा ओम बहादुर नेपालीलाई मेरी आमालाई मार म बाहिर बस्छु भनी मृतक सुतेको घरको औलो आफैले खोलेर कुमार गुरुङलाई भित्र पठाएकोमा निज कुमार गुरुङले नौमाया नेपाली निधाएको अवस्थामा घाँटी थिची हत्या गरेको ।
घटना पश्चात् घरबाट निस्के पछी दुबै जना कुमार गुरुङको कोठामा गई सुतेर भोलिपल्ट ४ गते बिहान ओम बहादुर नेपाली घरमा गई आफु नभएको बेला आमाको कसैले हत्या गरेको भनी प्रहरीलाई खबर गरेको ।
पक्राउ परेका व्यक्तिहरू:
१. जिल्ला कास्की मादी गा.पा. वडा नं.१० घर भई हाल पोखरा म.न.पा. वडा नं.१२ शितलादेवी बस्ने वर्ष ३६ को ओम बहादुर नेपाली
२. जिल्ला कास्की मादी गा.पा. वडा नं.०५ घर भई हाल पोखरा म.न.पा. वडा नं.१२ माटेपानी बस्ने वर्ष ३७ को कुमार गुरूङ