Home » विश्व शान्तिका लागि पोखरामा ‘महापूजा’

विश्व शान्तिका लागि पोखरामा ‘महापूजा’

by Pokhara City

पोखरा, ११ चैत ।
पोखरामा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले आयोजन ागर्ने प्रथम विश्व शान्ति कांग्युर (त्रिपिटक) वाचन महापूजा कार्यक्रमको तयारी तिव्र पारिएको छ ।
आगामी १३ देखि १८ गते सम्म तमु धि नेपालमा आयोजना हुने उक्त महापूजाको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
समाजका अध्यक्ष धर्मगुरु डा. श्रीलामाले कोरोना भाईरसको महामारीका कारण मृत्युवरण गर्नेहरुको आत्मा शान्तिका लागि नेपालमै पहिलो पटक कांग्युर वाचन महापूजा आयोजन ागर्न लागेको बताए । उनका अनुसार १ सय ३ ठेलीको ग्रन्थ ६ दिनमा सकिने लक्ष्य राखिएको छ ।
उनले हरेक दिन धर्म देशना, ग्रहशान्ति, र पितृपूजा हुने बताउदै बौद्धमार्गी मात्रै नभइ अन्य धर्मावलम्वीहरु समेत पूजामा भाग लिन सक्ने बताए । ‘हामै देशमा जन्मेका बुद्ध दर्शनको महत्व देशमा भन्दा अन्य मुलुकमा छ, उनले भने, ‘ त्यसैले बुद्ध दर्शन बारे पनि जानकारी दिने हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ ।’ उनले बुद्ध दर्शनको कमी कै कारण मुलुकमा हत्या तथा हिंसा भैरहेको धारणा राखे ।
६ दिन सञ्चालन हुने सो पूजामा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । भने नेपालका विभिन्न स्थानमा रहेका बौद्ध धर्मगुरुहरुको उपस्थिति रहने छ । गण्डकी प्रदेशको राजधानीमा महापूजा सकिएसँगै देशको अन्य प्रदेशमा पनि महापूजाको कार्यक्रम तय गरिसकेको आयोजकले जनाएको छ । आईतबार विहान ८ बजे देखि सुरु हुने सो महापूजाको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्नेछन् ।

You may also like