Home » लायन्स क्लव अफ गोल्डेन चौतारी पेमाडोमा शेर्पा

लायन्स क्लव अफ गोल्डेन चौतारी पेमाडोमा शेर्पा

by Pokhara City

पोखरा, १८ चैत्र

लायन्स क्लव अफ गोल्डेन चौतारीको सन् २०२२÷०२३ का लागि अध्यक्षमा पेमा डोमा शेर्पाको अध्यक्षतामा निर्विरोध १७ सदस्यीय कार्यसमिति चयन भएको छ।

शुक्रवार पोखरामा सम्पन्न निर्वाचनबाट सन् २००९ मा स्थापित गोल्डेन चौतारीको प्रथम उपाध्यक्षमा हिरामणी पण्डित, द्धितिय उपाध्यक्षमा रामराज पराजुली, तृतिय उपाध्यक्षमा तोयनाथ आचार्य, सचिवमा जमुना गुरुङ,सहसचिवमा दिनेश पौडेल, कोषाध्यक्षमा बबी गुरुङ र सहकोषाध्यक्षमा लेखनाथ लम्साल चयन हुनुभएको हो।

संयोजक जमुना गुरुङ, सदस्यहरु दिनबन्धु पौडेल र राजेश्वर आचार्य रहेको निर्वाचन कमिटिले आगामी तीन महिना पश्चात कार्यभार सम्हाल्ने गरी निर्वाचित गोल्डेन चौतारीको एमसिपीमा कमल पौडेल, टेमरमा निर्मण खाँड, टेलटुइटरमा बुद्धि लामगादे, पिआरओमा शालिग्राम लामिछाने, क्लव एडमिनिस्ट्रेटरमा इश्वरी प्रसाद आचार्य, सर्भिस चेयरपर्सनमा नारायण बराल, क्लव मार्केटिङ कम्युनिकेशन चेयरपर्सनमा योगन्द्र बस्नेत, हेल्थ कोअर्डिनेटरमा मित्र पौडेल र सपोर्ट कोअर्डिनेटरमा विशाल खड्का निर्विरोध चयन हुनुभएको हो।

लायन्स क्लव अफ गोल्डेन चौतारीको अध्यक्ष पवन जिसीको अध्यक्षतामा सम्पन्न निर्वाचन कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई गोल्डेन चौतारीका संस्थापक अध्यक्ष दिनबन्धु पौडेल, पुर्वअध्यक्षहरु प्रमोद प्रसाद पौडेल, किशोर बराल, गोपिनाथ बराल, राजेश्वर आचार्य, शालिग्राम देवकोटा, कुमार आचार्य, खेमराज वराल, लक्ष्मीनारायण देवकोटा र सुर्यबहादुर कार्कीले बधाई तथा शुभकामना व्यक्त गर्नुहुदै सेवाका लागि उत्कृष्ठ बन्ने विश्वास व्यक्त गर्नुभएको थियो।

You may also like