Home » ६०० एम्पुल लागू औषध सहित ३ जना पक्राउ

६०० एम्पुल लागू औषध सहित ३ जना पक्राउ

by Pokhara City

पोखरा

मिति २०७८।१२।१८ गते साँझ १९:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० पावरहाउस स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा तनहुँबाट पोखरा तर्फ आउदै गरेको बसमा सवार जिल्ला नवलपरासी बर्दघाट न.पा.वडा नं. १२ बस्ने वर्ष २६ को अमित शर्मा बढै, जिल्ला नवलपरासी बर्दघाट न.पा. वडा नं.१३ बस्ने वर्ष २६ को गोपी लोनिया र ऐ.ऐ. बस्ने वर्ष २२ को प्रदिप बानियाको साथबाट लागू औषध डाईजापाम-२०० एम्पुल, फेनेरागन-२०० एम्पुल र नुर्फिन–२०० एम्पुल गरी जम्मा-६०० एम्पुल लागू औषध र १ थान मोबाईल फेला परेको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।

You may also like