Home » बालविद्यामा सृजनशील बालक्लव गठन

बालविद्यामा सृजनशील बालक्लव गठन

by Pokhara City

बालविद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलमा विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यवहारिक ज्ञानमा बढी जोड दिने उदेश्यले बालक्लव गठन गरिएको छ। समय सापेक्ष ज्ञान आर्जनका लागि विद्यार्थी स्वयंमा नेतृत्व विकास गराउने र विद्यालयमा हुने अतिरिक्त कृयाकलापमा बढी भन्दा बढी विद्यार्थीलाई भाग लिन प्रेरित गर्ने उदेश्य बालक्लबको रहेको क्लवका संरक्षक तथा विद्यालयके प्रधानाध्यापक कमल गुरुङले बताउनु भयो ।

उक्त क्लव गठन गर्न प्रमुख भूमिका निर्वाह गर्ने नेपाली विषय शिक्षक भरत सुनारलाई विद्यालय निर्देशक राम गुरुङले विशेष धन्यवाद दिनुभयो कल्वका पदाधिकारी अध्यक्ष रितिक श्रेष्ठ उपाध्यक्ष विविषा पौडेल सचिव अर्चना सि के सह सचिव एलिजा गिरी कोषाध्यक्ष दीपिका गुरूङ गरी जम्मा एक्काइस सदस्यीय समिती गठन गरिएको थियो।

You may also like