पोखरा, २५ चैत्र
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषदको पोखरामा विहीवार सम्पन्न चौथो अधिवेशनले फूलकुमारी थापामगरको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। यस अघि उपाध्यक्ष रहनु भएकी थापामगरको नेतृत्वमा गठित कार्यसमितिको उपाध्यक्षमा मिनमाया तामाङ, सचिवमा शान्ति उदास, सहसचिवमा सुमित्रा दुरा, कोषाध्यक्षमा बिष्णु ह्योल्मो र सदस्यहरुमा बसन्ती कुमाल, रमा राई, सुमन्द्र भुजेल, प्रेमकुमारी गुरुङ, सावित्री छन्त्याल चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचत समितिका संयोजक अधिवक्ता जुनाकुमारी गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने निर्वाचन समितिका सदस्यद्धय दिलमाया गुरुङ, विष्णु भुजेल र निवर्तमान अध्यक्ष राजकुमारी भुजेलले खादा,माला र अबिरद्धारा बधाई ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष फूलकुमारी थापामगरले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु हुदै आदिवासी जनजाति र महिला आन्दोलनलाई सशक्त बनाउन भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष राजकुमारी भुजेलले कार्यकाल सफलताको शुभकामनासहित बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो।
यस अघि राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषदको साधारणसभा तथा चौथो अधिवेशनको उदघाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मित्रकुमारी गुरुङले आउदो निर्वाचनमा महिला दिदिवहिनीहरु प्रमुख पदमा उम्मेदार हुनुपर्ने बताउनुभयो। स्थानिय तहरुको निर्वाचनमा नेतृत्व गर्न तयार हुने मात्रै नभई नेतृत्वमै दावीका साथ अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले अरुका लागि लड्ने आदिवासी जनजातिहरु आफ्ना लागि पछि हट्ने समुदायका रुपमा अब पनि परिभाषित हुने अवस्था नहोस भन्नुभयो। अधिकार प्राप्तिका लागि सचेतनाका साथै नेतृत्व हाँक्नका लागि आदिवासी जनजाति महिलाहरु जागरुक हुनुपर्ने बताउनुभयो।
शुभकामना व्यक्त गर्नुहुदै प्रदेश सभा सदस्य मिना गुरुङले आदिवासी जनजाति महिलाहरु सक्षमका साथै स्वावलम्बी हुनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका संस्थापक अध्यक्ष ज्योति भट्टचनले आदिवासी जनजाति आन्दोलन सेलाएकोमा चिन्ता व्यक्त गर्नुहुदै पहिचान, अधिकार, आदिवासी जनजातिका सँस्कृति,कला,भाषा,परम्परा,ज्ञान पुस्ता हस्तान्तरण गर्नुुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीकी अध्यक्ष राजकुमारी भुजेलको अध्यक्षता, सचिव मिनमाया तामाङको संचालन र उपाध्यक्ष फूलकुमारी थापा मगरले स्वागत गर्नुभएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल तामाङ धेदुङ केन्द्रिय उपाध्यक्ष दिपक तामाङ,नेवा खलः कास्की अध्यक्ष अशोक पालिखे, भुजेल सेवा समाज कास्कीका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासंघका कानुनी सल्लाहकार अधिवक्ता जुनाकुमारी गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो।
साधारणसभामा सचिव मिनमाया तामाङले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शान्ति उदासले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
previous post