पोखरा, २७ चैत ।
पाल्पाली समाज पोखराको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साथै नयाँ वर्ष–२०७९ को शुभकामना आदानप्रदान एवं भित्तेपात्रो लोकार्पण गरियो ।
प्रमुख अतिथि पूर्व मन्त्री एवं वरिष्ठ उद्योगी हरि पाण्डेले पाल्पाली ब्रान्डलाई सर्वत्र चिनाउनुपर्ने बताए । उनले कम खर्चमा स्वस्थ र सरल जीवन बाच्नुपर्ने सुझाव दिए । वरिष्ठ समाजसेवी उनले मातृसेवा प्रतिष्ठानले समाजको व्यवस्थापनमा विद्यार्थीलाई छात्रवृत्ति वितरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा लोक सेवा आयोग पोखराका प्रमुख लीलाबहादुर कार्की, गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव टीकाराम पौडेल, गुल्मेली समाज पोखराका अध्यक्ष भानुभक्त भण्डारी क्षितिज, समाजका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार कुलप्रसाद घिमिरे, जगदीश गौतम, ताराप्रसाद पोखरेल, द्वितीय उपाध्यक्ष श्रीधर पराजुलीलगायतले बोलेका थिए ।
सो अवसरमा समाजलाई योगदान पु¥याउने पूर्व अध्यक्ष राजेन्द्र केआर, पूर्व कावा अध्यक्ष शंकर लिगल, संस्थापक कोषाध्यक्ष शोभाकान्त न्यौपाने, सञ्चारको माध्यमबाट समाजलाई योगदान पु¥याउने समाजका सदस्य एवं पत्रकार भरत कोइराला, सोभित बस्याल, अनिता घिमिरेलाई सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष रेशम रचकको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष बालचन्द्र परियारले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव केशव नेपालले गरेका थिए । कार्यक्रममा रेशम रचकद्वारा अध्यक्षको र उमा सापकोटाद्वारा कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । साथै समाजका चेलीले आकर्षक मौलिक नृत्य प्रस्तुत गरेका थिए ।