Home » युनाईटेड क्लवद्धारा रामेश्वरी माविका छात्राहरुलाई सेनिटरी प्याड वितरण

युनाईटेड क्लवद्धारा रामेश्वरी माविका छात्राहरुलाई सेनिटरी प्याड वितरण

by Pokhara City

पोखरा २ वैशाख ।

युनाईटेड क्लवको आयोजनामा रामेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । क्लवको १२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत क्लवले दोश्रो दिन शुक्रबार पोखरा १४ मझेरीपाटनमा रहेको रामेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो ।

सो अवसरमा वोल्दै रामेश्वरी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक पूर्णदेव सुवेदीले युनाईटेड क्लवले सामाजिक काम गर्दै अगाडी वढिरहदा आफ््नो विद्यालयमा अध्ययनरत छात्राहरुलाई लक्षित गरी सेनेटरी प्याड सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै राज्यले गर्नुपर्ने काम सामाजिक संस्थाले गरिरहेको समेत वताए । विद्यालयका सह प्रध्यानाध्यापक दिल सुवा गुरुङले युनाईटेड क्लव जस्ता सामाजिक संस्थाले गरेको सहयोगका कारण विद्यार्थीहरुलाई विद्यालयमा पठनपाठनमा खुल्ला र सहज वनाउन मदत पुग्ने वताइन ।

त्यस्तै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लवको १२ औ वार्षिकोत्सवको अवसर पारी सात दिन सम्म यस्ता सामाजिक कामलाई निरन्तरता दिने वताए । युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने क्लवका सदस्य तथा कार्यक्रम संयोजक सीमा गुरुङले धन्यवाद मन्तब्य राखेकी थिइन । कार्यक्रमको सञ्चालन क्लवका सचिव दीनेश सुनारले गरेका थिए ।

क्लवले १२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत शनिवार तेश्रो दिन सेती नदी खोंच एक पर्यटकीय गन्ब्य विषयक अन्तरक्रिया कार्यक्रम कान्तिपुर पार्टी प्यालेसमा आयोजना गर्दैछ ।

You may also like