Home » युनाईटेड क्लवको आयोजनामा साइवर क्राइम सम्न्धी सचेतनामुलक कार्यक्रम

युनाईटेड क्लवको आयोजनामा साइवर क्राइम सम्न्धी सचेतनामुलक कार्यक्रम

by Pokhara City

पोखरा ।
युनाईटेड क्लवको आयोजनामा युवाहरुलाई लक्षित गरी साईवर क्राइम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरुलाई लक्षित गरी युनाईटेड क्लवले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको आयोजना गरेको हो । पोखरा १५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययनतर विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय राम बजारका प्रहरी निरीक्षक किरण रावतले सहजीकरण गरेका थिए ।


सो अवसरमा वोल्दै प्रहरी निरीक्षक किरण रावलले युवा पिढी त्यसमा पनि माध्यामिक तहमा अध्ययनर विद्यार्थीहरुले साईबर क्राइमको बारेमा विशेष ध्यान दिन आवश्यक रहेको वताए । कलेज स्तरको रुपमा लिइने कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु युवा अवस्थाकै कारण कतिपय कानुनी कुराहरु बुझेर या नबुझेर साइबर अपराधमा फस्ने भएकाले यसबारेमा अभिभावकहरु समेत सचेत हुन आवश्यक रहेको उनको भनाइ रहेको थियो । अहिलेको युग आधुनिक युग भएकाले सवैको हात हातमा मोवाईल फोन हुने भएकाले मोवाइल प्रयोगककै कारण कहिले कांही जानेर या नजानेरै पनि साइवर अपराधमा युवा पिर्ढीहरु सामेल हुने भएकाले त्यसतर्फ युवाहरु सचेत बन्नुपर्ने उनको भनाई रहेको थियो ।

सिद्ध माविका प्रध्यानाध्यापक गुरुदत्त कोइरालाले युनाईटेड क्लवले सामाजिक काम मार्फत युवाहरुलाई सही मार्गमा लाग्न समेत प्रेरित गरिरहेको र १२ औ वार्षिकोत्सवको अवसरमा आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरलाई साइबर क्राइमको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने क्लवका सदस्य तथा कार्यक्रम संयोजक पूर्ण श्रेष्ठले धन्यवाद मन्तब्य राखेका थिए । क्लवका सचिव दिनेश सुनारले उक्त कार्यक्रमको सञ्चालन गरेका थिए ।

You may also like