Home » तिन महिने सहायक प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण

तिन महिने सहायक प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण

by Pokhara City

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सञ्चालित तिन महिने सहायक प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ

प्रदेश खेलकुदले मंगलबार एक कार्यक्रमको आयोजना गरी सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेश गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको उल्लेख गरे । उनले भने–“अहिलेको आधुनिक युगमा खेलकुदको महत्व बढ्दै गएको छ त्यसैलाई मध्यनजर गर्दै गण्डकी विश्वविद्यालयको स्थापना संगै हामीले नेपालमा नै पहिलो पटक स्नातक तहमा खेलकुदको पाठ्यक्रमलाई अघि बढाएका हौं ।”

सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रशिक्षक विनाको खेलकुदको कल्पना समेत गर्न नसकिने बताए । उनले भने–“खेलकुद विज्ञान हो, प्रशिक्षक विना खेलकुद विकासको कल्पना समेत गर्न सकिदैंन, आधुनिक खेलकुदमा मुढेबल लगाएर खेल जित्छु भन्ने सपना मात्रै हो ।” उनले दक्ष प्रशिक्षक निर्माण गर्नका लागि नै प्रदेश खेलकुदको गठन भए संगै कार्यक्रम अघि बढाइएको उल्लेख गरे । उनले विद्यालयका खेलकुद शिक्षकहरुलाई समेत यस्तै प्रकारको तालिम परिषदले अघि बढाउने समेत जनाए ।

सो अवसरमा यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम ढकाल, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, तालिमका संयोजक कृष्ण तिमिल्सिना, प्रशिक्षार्थीकोतर्फबाट लेखनाथ लम्साल र अरुणा शाही लगायतले आफ्ना भनाई राख्दै प्रशिक्षण निकै उपलव्धिमुलक रहेको जनाउँदै पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सबै एकजुट हुनुपर्ने बताएका थिए ।

गत पुष ७ गतेबाट सञ्चलान भएको तालिममा नेपाली सेनाका अघिकृत सहित ९ जिल्लाका १ सय १३ जनाले सहभागिता जनाएका थिए । तालिममा विभिन्न २० खेलका प्रशिक्षार्थीहरु सहभागि रहेका थिए ।

तालिममा खेल विज्ञहरु डा.प्रकाश प्रधान, प्रो.डा.रामकृष्ण महर्जन, डा.पदम खड्का, डा.खडग सिंह गुरुङ, पार्थ सारथी सेन गुप्ता, इन्द्र गुरुङ, रिता प्रजापती, आशिष आचार्य, दिवाकरलाल अमात्य, मधुसुदन सवेदी, सुलोचना सिजाख्वा, डा.मनिष कुमार साह र प्रो.पशुपती अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए । त्यसै गरी प्रशिक्षणमा सञ्जय महर्जन, प्रियङ्का वर्मा, कृष्ण तिमिल्सिना, अनिल अधिकारी, कृष्णमायाँ स्याङतन, मेघराज कठायत, दिनेश चन्द्र नकर्मी, राजेन्द्र तुलाधर, शम्भु केसी, हिमाल दाहाल, बिजान्त शर्मा, विरेन्द्र रञ्जित, अन्जु रावत, बिमल पोखरेल, अचुत्तम लामिछाने, जगदिश भट्ट, गज बहादुर गुरुङ, गणेश अर्याल र अभिषेक कार्कीले समेत खेल विज्ञान र प्रयोगात्मक अभ्यासको प्रशिक्षण प्रदान गरेका थिए ।

You may also like