Home » गोरखा नगरपालिकामा अबैध धन्दा: ठेकेदारसँग १० लाख घुस लिएर राजश्व छल्न सहयोग !  

गोरखा नगरपालिकामा अबैध धन्दा: ठेकेदारसँग १० लाख घुस लिएर राजश्व छल्न सहयोग !  

by Pokhara City

अश्विन दानी
वैशाख ६, गोरखा ।

गोरखा नगरपालिकाका प्रशासकिय अधिकृत र मेयरले रौताहा पि.के÷गोरखा जेभिसँग १० लाख रुपैँया घुुुस लिएर राजश्व छलिमा सहयोग गरेको तथ्य फेला परेको छ ।
नारेश्वर, निवेल हुँदै उल्टेसम्मको सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीसँग रकम लिएर राजश्व छलि गर्न नगरपालिकाले मद्धत गरेको हो ।
बार्गेनिङ कर्ता नै प्रमुख प्रशासकिय अधिकृत
गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको २५ करोड ६३ लाख रुपैयाँमा निर्माण कम्पनीले सो सडकखण्डको १० किलोमिटर कालोपत्रे गर्ने जिम्मा लिएको थियो । यो सडक ठेक्का दिएको थियो ।
दुुई बर्षमा निर्माण सम्पन्न गर्ने भन्दै २०७६ फागुन १४ गते पूर्वाधार बिकास कार्यालय गोरखासँग ठेकेदार कम्पनीले सम्झौता गरेको थियो ।
सो बाटोमा प्रयोग हुने ग्रावेल, ढुुङ्गा गिट्टी बालुवाका लागि ठेकेदार कम्पनीले गोनपा ३ कुमाल गाउँ स्थित दरौँदी फाँटबाट केही निजी ब्यक्तिको जग्गा र सार्वजनिक जग्गाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्याे ।
निर्माण कम्पनीका ठेकेदारले विना ठेक्का, वातावरण मुल्याङ्कन प्रतिवेदन विनै ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् गरेको थियो । निर्माण कम्पनीकै स्रोतका अनुसार त्यहाँबाट २७ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरिएको थियो । जसमध्य दुई तिहाई भन्दा बढि सार्वजनिक जग्गाबाट उठाईएको हो ।
ठेकेदारले महिनौ लगाएर अबैध उत्खनन् गरेको नदीजन्य पदार्थ रुद्र बहादुर कुमाल, भीम कुमाल, रबि कुुमाल, सन्दिप कुुमालको जग्गामा डम्पिङ गरेर राखेको थियो ।
गत जेठ दोस्रो हप्ता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पन्त र प्राबिधिक कपिल कोइराला डम्पिङ गरेको ठाउँमा अनुगमन गर्ने भन्दै पुगे । उनीहरु अनुुगमनबाट फर्किएपछि आर्थिक लेनदेनको बार्गेनिङ सुरु भएको स्रोत बताउँछ ।
‘नगरपालिकाबाट अधिकृत र इन्जिनियर अनुगमनमा आएपछि दुई पटक राति भेटेर पैसाको बार्गेनिङ भयो । अनि १० लाखमा टुङ्गिएपछि असार १४ गते १० लाख रुपैँया दिईएको हो’, स्रोतले भन्यो ।

पानी माथिको ओभानो’ बन्न घुस लिएपछि छानविन समिती खडा  
नगरपालिकाका अधिकृतले ठेकेदारसँग घुस लिएपछि ठेकेदारले अबैध उतखनन् गरेको नदीजन्य पदार्थ निर्धक्क ओसारपोसार गरिरहेको थियो ।
तर, आर्थिक चलखेल भएको तथ्य वाहिर आएमा आफुहरु फस्ने सम्भावना देखेपछि अधिकृत दिनेश राज पन्त र मेयर राजन राज पन्तले गोनपा ३ का वडाध्यक्ष रामबाबु बोगटीको संयोजकत्वमा, गोनपा ४ का वडाध्यक्ष खोप बहादुर अधिकारी, गोनपा १० का वडाध्यक्ष देबी बहादुर बस्नेत, गोनपा १३ का वडाध्यक्ष हरि बहादुर खनाल र सभिल इन्जिजियर प्रकाश ढकालसहित पाँत सदस्यीय अनुगमन समिी बनायो ।
उक्त समितीले गत फागुन पाँच गते फिल्डमा अबैध उत्खनन् गरिएको २१ हजार एक सय ७५ घनमिटर नदिजन्य पदार्थ रहेको प्रतिवेशन पेश गर्याे ।
तर, आफुुहरु फस्ने डरले ‘पानी माथिको ओभानो’ बन्न अनुगमन समिती खडा गरेको नगरपालिकाले अबैध उत्खनन् गर्ने ठेकेदारलाई आवश्यक कारवाही, जरिवाना केही पनि गरेन ।

सार्वजनिक खरिद नियमावली विपरित ओसारपोसारको अनुमति
अबैध उत्खनन् गरेको ठेकेदारलाई अनुगमन समितीले पेश गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले आवश्यक कारवाही गर्नुपर्ने हो ।
तर, घुस वापत रकम लिएकै कारण नगरपालिकाले कारवाही गर्नुको साँटो सार्वजनिक खरिद नियमावली मिचेर ओसारपोसारको अनुमति दिएको छ ।
निर्माण कम्पनीले अबैध उत्खनन् गरेको नदीजन्य पदार्थ नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएर सार्वजनिक खरिद नियमावली अनुसार प्रतिस्पर्धामा बेच्नु पर्ने थियो । तर, नगरपालिकाले अबैध उत्खनन् गर्ने ठेकेदारको सामान्य मागपत्रका आधारमा विना प्रतिस्पर्धा, विना ठेक्का, सार्वजनिक खरिद नियमावली मिचेर ओसारपोसारको जिम्मा दिएको हो ।
अनुमति विना, बातावरण प्रभाव मुल्याङ्कन विना नदीजन्य पदार्थको उत्खनन् गरेको निर्माण कम्पनीलाई नगरपालिकाले नियमावली मिचेर अनुमतिको पत्र दिनुुले पनि आर्थिक चलखेल भएको कुरा पुष्टि गर्न थप मद्धत पु¥याउँछ ।

वडालाई नगरपालिकाको क्रस ः अनुमति भन्दा तेब्बर बढि ओसारपोसार, नियमन नै छैन्
नगरपालिकाले नियमावली मिचेर निर्माण कम्पनीलाई गत फागुन १५ गते एक महिनाभित्र तीन हजार घनमिटर मात्रै नदीजन्य पदार्थ ओसारपोसार गर्न भन्दै अनुमति दियो ।
नगरपालिकाले दिएको म्याद अनुसार चैत्र १५ गतेसम्ममा निर्माण कम्पनीले तीन हजार घनमिटर मात्रै नदीजन्य पदार्थ ओसार्नुु पर्ने थियो । तर, अनुमति प्राप्त म्याद सकिँदासम्म पनि ठेकेदारले अहिलेसम्म निर्बाध रुपमा तोकिएको भन्दा बढि मात्रा ग्राबेल ओसारपोसार गरिरहेको छ ।
‘हामीले कारवाही गर्ने हैन् । नियमन पनि गर्ने हैन् । म्याद पनि सक्किसक्यो, तोकिएको भन्दा तेब्बर बढि ग्राबेल ठेकेदारले बोकिसके । तर, त्यसलाई नियमन गर्ने अधिकृत, मेयर सावले नजरअन्दार गरिराख्नु भएको छ । केही न केही चलखेल नभए किन यस्तो हुन्छ र ?’, नगरपालिकाका एक कर्मचारी भन्छन् ।
नगरपालिकाले निर्माण कम्पनीलाई दिएको अनुमति पत्रमा वडाका प्राबिधिकको प्रत्यक्ष निगरानीमा मात्रै नदीजन्य पदार्थ ओसारपोसार गर्नु भनिएको छ । तर, वडाका प्राबिधिकलाई भने नगरपालिकाले त्यहाँको निगरानीका लागि लिखित या मौखिक रुपमा कुनै पनि  जानकारी गराएको छैन् ।
गोनपा ३ का वडा प्राबिधिक सुुकमान तामाङ भन्छन्, ‘मलाई नगरपालिकाले त्यहाँको बिषयमा कुनै जानकारी नै गराएको छैन् । त्यसैले मैले त्यहाँ गएर अनुगमन गर्ने, निगरानी मैले गरेको छैन् ।’
वडा कार्यालयलाई पनि औपचारिक रुपमा कुनै परिपत्र नआएको वडाध्यक्ष रामबाबुु बोगटी भन्छन् ।

You may also like