पोखरा
मिति २०७९।०१।०७ गते साँझ १९ः४० बजेको समयमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.३० पावरहाउस स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा तनहुँबाट पोखरा तर्फ आउदै गरेको बसमा सवार जिल्ला नवलपरासी बर्दघाट न.पा. वडा नं. १६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ लेकसाईड बस्ने वर्ष १८ को रन्जन सुनारको साथबाट लागू औषध डाईजापाम ५० एम्पुल, फेनेरागन ५० एम्पुल र नुर्फिन–५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध र १ थान मोबाईल फेला परेको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन आठ ९८० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
previous post