ने क पा एमाले पोखरा ३३को चुनाबी अभियान तिब्र ,
निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन
बैशाख १०,पोखरा
ने क पा एमाले पोखरा महानगर कमिटी वडा न ३३ को निर्वाचन परिचालन कमिटिको कार्यालय शनिबार उद्घाटन गरिएको छ।
कार्यालयको एमाले कास्की जिल्ला कमिटी सचिबालय सदस्य तथा सो वडाका इन्चार्ज शिव प्रसाद आचार्यले उद्घाटन गरेका हुन । उद्घाटन गर्दै आचार्यले ने क पा एमालेको पकड मानिएको वडा न ३३ को बिरासत जोगाउदै आगामी निर्बाचनमा आफ्ना उम्मेदवार हरुलाइ बिजयी गराउने ससक्त योजना सहित चुनाबी अभियान शुरूवात गरिएको बताए।
उक्त वडाका अध्यक्ष समेत रहेका आचार्यले पार्टिको योजना र आफू नेतृत्वको वडाले गरेका कामको चर्चा गर्दै आफुहरु नै जनताका काममा लागि परेका कारण जनताको साथको अगाडि जस्तासुकै महाशक्ति भनिने गठबन्धन आए पनि उनीहरुको केही जोड नचल्ने जिकिर गरे।
जिल्ला कमिटी सदस्य तथा सो वडाका सह ( इन्चार्ज किसान सुनारले स्थानिय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न योजनाका साथ लागि पर्न आग्रह गर्दै सधै जस्तै गरि टोल टोलमा ,घर घरमा एमाले रहेको उल्लेख गरे । उनले ने क पा एमाले प्रतिको जनलहर देखेर प्रतिस्पर्धि दलहरु अतालिनुले नै आफ्नो पार्टीको बिजय सुनिस्चित भैसकेको दाबी गर्दै बिजयलाई औपचारिक घोषणामा बदल्ने काम मात्रै बाकी रहेको बताए।
कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रिय लेखा आयोग उपाध्यक्ष तथा एमाले गण्डकी प्रदेश प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्साल ,एमाले महानगर कमिटी सदस्य तथा साबिक भरत पोखरी गा बि स अध्यक्ष गोपाल पुन, पार्टिका वडा कमिटी उप ( सचिब रमेशराज आचार्य लगाएतले स्थानिय निर्बाचनमा जित्ने सुनिश्चित भैसकेको र सो को तयारी चरण्बद्ध अगाडि बढिरहेको बताए।
सो पार्टिका वडा कमिटी अध्यक्ष दिपक लामिछनेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष महेश अर्यालले जानकारी दिए।